कुवेतमा लिम्बु जोडीको धुमधामका साथ शुभविवाह सम्पन्न


जय आले, कुवेत

लालीगुराँस सांस्कृतिक परिवारका कार्यसमिति सदस्य दिपक लिम्बु आफ्नी प्रेमिका निर्मला लिम्बुसँग गत १८ फेब्रुअरी २०११ को दिन, लिम्बु सँस्कृती र परम्परा अनुसार विधिवत रुपमा प्रणय शुत्रमा बाँधिनु भएको छ ।

वहाँका काका तथा लालीगुराँस साँस्कृतिक परिवारका संरक्षक श्री सुरेश लिम्बुज्यूको अबुहलिफास्थित निवासबाट बेहुली लिन निस्केको जन्ती बेहुलीको धर्म दाजु/भाउजु माउण्ट एभरेष्ट स्पोटिङ्ग क्लबका उपाध्यक्ष श्री धर्मराज गिरी तथा सदस्य श्रीमती शिला गिरीज्यूको मङ्गाफस्थित निवासमा पुगेको थियो । अपरान्ह २ बजे गिरी दम्पतिबाट कन्यादान ग्रहण गरी पुन. बेहुलाको घरमा फर्किएको जन्ती टोली करिब ५ बजे बिहे भोजको लागी कुवेतको मालियास्थित एसिया-एसिया होटलमा पुगेको थियो ।

नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार र अन्य नेपालीहरु लगायत संयोगवश एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप-२०११, कुवेतमा भाग लिन आएका सम्पूर्ण नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको समेत उक्त विहे भोजमा सहभागीता रहेको थियो ।

नव वर-वधु ‘दिपक/निर्मला’लाई उहाँका घनिष्ट मित्र, समाजसेवी एवं लालीगुराँस साँस्कृतिक परिवारका संरक्षक श्री यादव श्रेष्ठज्यूले आफ्नो तर्फबाट साथीको निम्ती उपहार एवं हनिमुन प्याकेज स्वरुप कुवेतको होटल कन्टिनेन्टलमा पुरा एक रातको लागि  हनिमुन स्विट्स रिजर्व गरी दिनु भएको थियो । श्रेष्ठज्यू, उपहार पनि यस्तो अनमोल भनी कुवेतनेपाल डटकमले राखेको ठट्यौली जिज्ञासामा, यो खासै ठुलो उपहार नभई साथीको वैवाहिक जीबनमा सफलताको अग्रिम शुभकामना र साथीले आजको रातमा संसारको हर खुशी हाँसिल गरोस् भन्ने मनसायले एक सरप्राईज प्याकेज मात्र आफुले साथीलाई दिएको वहाँले बताउनु भयो ।

यसैगरी सोही दिन नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले एसिसी टि-ट्वान्टी च्याम्पियनसिपको समुह चरणको पहिलो खेलमा थाईल्याण्डमाथी २१ रनले बिजयी हाँसिल गरेको खुशीयालीमा हार्दिक स्वागत गर्दै र खेलाडीको उच्च मनोवल तथा एसिसी च्याम्पियनसिपमा थप सफलताको कामना गर्दै, अमेरिकन राजदूतावासमा कार्यरत विशिष्ट नेपाली व्यक्तित्वहरु श्री खोप गुरुङ्ग, श्री गोपाल गुरुङ्ग, श्री सुरेश लिम्बु, श्री राजेन्द्र लिम्बु, श्री यादव श्रेष्ठ, श्री दुर्गा आले र श्री फुलमान तामाङ्गज्यूले सामुहिक रुपमा नेपाली महिला क्रिकेट टोलीलाई ४५ के.डि उपहार स्वरुप जलपान प्याकेज प्रदान गर्नु भएको छ ।

यसरी नै विवाह समारोहलाई पुरा सांगितिक रमझममा परिणत गराउन लालीगुराँस साँस्कृतिक परिवारले कुनै कसर बाँकी राखेन । लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल’ठकुरी लगायत परिवारका सम्पूर्ण कलाकारहरुले बिभिन्न किसिमका गीत तथा नृत्यहरु प्रस्तुत गरी विवाह समारोहलाई थप मनोरञ्जनात्मक मात्र बनाएनन् ताकी पुरा स्वयंसेवकको भूमिका पनि लालीगुराँस परिवारले निकै सकृयातापूर्वक निभाएको थियो भनें परिवारका बिशेष सहयोगी पात्र एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र प्रसाद भूषालले विवाह समारोह सञ्चालन गरेका थिए, भनें दिल कुमार लिम्बुले लिम्बुहरुको परम्परिय नाच ‘धान नाच’ नचाएका थिए ।

ओपन बुफे भोजनको व्यवस्था गरिएको र बेहुला/बेहुली पक्ष लगायत करिब २५०~३०० पाहुनाहरुको सहभागीता रहेको दिपक/निर्मलाको बिहे कुवेतको नेपाली समाजमा साँचैनै एउटा अविष्मरणीय विवाहको रुपमा लिंदा फरक नपर्ने र जुन विवाहको माहौल एक अमिट छाप बनेर हमेशा दिलमा रहि रहने अनुमान लगाउन सकिन्छ ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेल लगायत सम्पूर्ण नेपाली सँघ-संस्थाहरुले टिका लगाई उपहारका साथमा सफल दाम्पत्य जीबनको कामना गर्दै आशिर्वाद दिएको नव वर-वधु ‘लिम्बु जोडी’लाई कुवेतनेपाल डटकम परिवार पुन. सफल तथा सुखमय दाम्पत्य जीबनको शुभकामना व्यक्त गर्न चाहन्छ ।

3 responses to “कुवेतमा लिम्बु जोडीको धुमधामका साथ शुभविवाह सम्पन्न

  1. Congratulation, Happy Married Life!

  2. nice article

  3. baibahik bandhanma bandhinu bhayeka nava dampati jodilai ma lagayat sampurna hami american embassy kuwaitma karyarat nepali samuhko tarfa bata hardik badhai tatha dampatya jivan harsh,umangko sath bitos bhanne agreem shubh kamna dina chahanchhou.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.