कान्तिपुर संवाददाता
नेपाल कुवेतमा जारी एसीसी वुमेन्स ट्वान्टी–ट्वान्टी महिला क्रिकेटको सेमीफाइनल प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्दै नेपाल लिग चरणको एक खेल खेल्नु अगावै अन्तिम चारमा पुगेको हो । आइतबार केहीबेर अघि सम्पन्न खेलमा कुवेतलाई नेपालले ४७ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य पछ्याएको कुवेतले पूरै ओभर व्याटिङ गरे पनि ९ विकेट क्षतीमा मात्र ५६रन जोड्न सक्यो । पढ्नेक्रम जारी राख्नुहोस्