नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम हुँदै


जय आले, कुवेत

एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप-२०११, कुवेतमा आफ्नो पहिलो खेलमै थाईल्याण्डलाई २१ रनले पराजित गरी बिजयी यात्राको शुरुवात गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई जितको स्वागतका साथै थप हौसला बुलन्द होस् अनी च्याम्पियनसिप नै नेपालको पक्षमा पार्ने एउटा भावनात्मक बोध खेलाडिहरुमा परोस् भन्ने मनसायले कुवेतमा कृयाशिल नेपाली संस्था नेपालकुवेत मेनपावर एशोसियसनले कुवेतको ग्रिन आईल्याण्ड पार्कमा एक भव्य बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी २२ फेब्रुअरी मंगलबारको दिन, पुर्वान्ह ११ बजेदेखी शुरु गरिने बनभोज कार्यक्रममा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलिका साथै नेपाली राजदूतावास कुवेत र अन्य कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधि र पत्रकारहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

हुन त संसार घुमेका हाम्रा राष्ट्रिय खेलाडी ! फेरिपनी, कुवेत जस्तो खाडी मुलुकमा च्याम्पियनसिप खेल्न आउँदा कहिले दूतावासको दिवा भोज, कहिले बिहेको भोज त कहिले बनभोज “समग्रमा भन्नुपर्दा भोजैभोज” निकै खुशी अनी छुट्टै किसिमको अनुभूती हुँदो हो -खाडी मुलुक कुवेतका नेपालीहरुको परिवेशलाई लिएर । यसका साथै नेपालको जितले निरन्तरता लिंदै गएको खण्डमा अन्य नेपाली सँघ-संस्थाहरुले पनि क्रिकेट टोलीलाई शायद नयाँ-नयाँ कार्यक्रमको आयोजना गर्ने छन र यो नै राष्ट्रिय खेलाडी अनी नेपाली जनसमुदाय कुवेतबीच चिर-परिचित हुने सुवर्ण अवसर पनि हुनेछ ।

खसी काटेर बिशुद्द नेपाली खानाका परिकारहरुको साथमा आयोजना गर्न लागिएको बनभोज कार्यक्रम स्वर्गको एक टुक्रा जस्तो मानिने रमणिय स्थान ग्रिन आईल्याण्डमा अपेक्षित सफल हुने अनुमान गरिएको आयोजक समितिका सदस्यहरु नवराज श्रेष्ठ, राजु खड्का र अर्जुन तामाङ्गज्यूले सामुहिक रुपमा बताउनु भयो ।

पुनस्च:
स्थान: ग्रिन आईल्याण्ड पार्क कुवेत, भारतीय राजदूतावासको अगाडि ।
मिति: २२ फेब्रुअरी २०११, मंगलबार
समय: पुर्वान्ह ठिक ११ बजेदेखी

आयोजक,
नेपालकुवेत मेनपावर एशोसिएसन

Advertisements

3 responses to “नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम हुँदै

  1. Dear all friends it is very good to hear from you to give special offer to nepali woman cricket team who are wining everyday in kuwat.i would like to thanks to raju khadka,navaraj sheresta and arjun tamang to bring special logic to incourage nepali cricket team and also thanks to all mainpower assosation team in kuwait.keep it up all friend we are with you always.
    indra bhusal

    secretary mesc

  2. May we join the party too…..?

  3. hahahaha what a joke yar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.