एउटै कोठामा सुतेका तीन मजदुर मृत भेटिए


राजधानीको पुरानो बानेश्वरस्थित न्यू ओम साई क्याटरिङका तीन मजदुर शुक्रबार बिहान मृत भेटिएका छन् । तीनै जना सँगै खाना खाएर एउटै कोठामा सुतेका थिए ।ओम साई क्याटरिङका मजदुरहरु गोपी तामाङ, प्रज्वल भूजेल र दिनेश कार्की मृत भेटिएका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी पवन गिरीले जानकारी दिए ।

तीनै जना ग्याँस, खाद्यान्यलगायतको भण्डारण कोठामा सुतेका थिए । ग्याँस लिक भएर निसास्सिएर मृत्यु हुनसक्ने अनुमान प्रहरीको छ । सोही कोठामा एउटा कुखुरा पनि मरेको गिरीले बताए । ‘प्रहरी पुग्दा कोठामा ग्याँस गन्हाइरहेको थियो,’ उनले भने । तीनै जनाको शव परीक्षणका लागि सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको ठेगाना भने खुलेको छैन ।

Posted by: Dambar Prasad Rimal                        Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.