Daily Archives: 19/02/2011

जरुरी सूचना !!


आदरणीय नेपाली दाजुभाई, दिदीबहिनीहरु,

भोली २० फेब्रुअरी २०११ मा हुन गईरहेको नेपाल र कुवेतबीचको एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप कुवेतको सुलैविया क्रिकेट मैदानमा नभई दोहास्थित सोही केईसी क्रिकेट मैदानमै पुर्वान्ह ९ बजेदेखी हुने जानकारी गराईन्छ ।

LIVE UPDATE! को लागी www.kuwaitnepal.com हेर्नुहोला !!

ACC WOMEN’S T-20 TOURNAMENT “Nepal Vs UAE: LIVE UPDATE”


“NEPAL WON BY 8 WICKETS”

फिल्ड रिपोर्टिङ्ग: जय आले, शिव पौडेल, डम्बर रिमाल – केईसि क्रिकेट मैदानबाट

एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, कुवेतमा नेपाल र युएईबीच खेल अपरान्ह १ बजेदेखी कुवेतको दोहास्थित केईसी क्रिकेट मैदानमा भई रहेको छ ।

युएईले टस जितेर ब्याटिङ्ग गर्दै !! ताजा स्कोरका लागी आफ्नो कम्पुटरलाई रिफ्रेस गर्दै गर्नु होला  !!!

युएईले पुरै ओभरमा ६ विकेट गुमाई नेपाललाई ८१ रनको लक्ष दिएको छ ।

Score Board

युएई                        नेपाल

ओभर ‌- 20                                      ओभर ‌- 9

विकेट – 6                                       विकेट – 2

रन – 80                                          रन – 81

एउटै कोठामा सुतेका तीन मजदुर मृत भेटिए


राजधानीको पुरानो बानेश्वरस्थित न्यू ओम साई क्याटरिङका तीन मजदुर शुक्रबार बिहान मृत भेटिएका छन् । तीनै जना सँगै खाना खाएर एउटै कोठामा सुतेका थिए ।ओम साई क्याटरिङका मजदुरहरु गोपी तामाङ, प्रज्वल भूजेल र दिनेश कार्की मृत भेटिएका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी पवन गिरीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम हुँदै


जय आले, कुवेत

एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप-२०११, कुवेतमा आफ्नो पहिलो खेलमै थाईल्याण्डलाई २१ रनले पराजित गरी बिजयी यात्राको शुरुवात गरेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई जितको स्वागतका साथै थप हौसला बुलन्द होस् अनी च्याम्पियनसिप नै नेपालको पक्षमा पार्ने एउटा भावनात्मक बोध खेलाडिहरुमा परोस् भन्ने मनसायले कुवेतमा कृयाशिल नेपाली संस्था नेपालकुवेत मेनपावर एशोसियसनले कुवेतको ग्रिन आईल्याण्ड पार्कमा एक भव्य बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रायन एडम्सको स्वरमा आज काठमाडौं गुन्जँदै…


सुरज कुँवर, सुरक्षाका लागि ६४ वटा सीसीटीभी जडान, करिब ५ हजार प्रहरी परिचालन

-सोल्टी होटलको सुइटमा बस्ने ५१ वर्षे यी गायक दूधका परिकारसमेत नखाने शाकाहारी हुन्, जसले भान्से पनि सँगै ल्याएका छन्

-१५ वर्षमा स्कुल छाडेका ब्रायन गायनमा लाग्नुअघि भाँडा माझ्ने र पाल्तु जनावरलाई खुवाउने काम गर्थे

प्रेम, सम्बन्ध र जीवनका गीत गाउने विख्यात गायक ब्रायन एडम्सको स्वरले शनिबार (आज) साँझ गुन्जँदै छ काठमाडौं । पढ्नेक्रम जारी राख्नुहोस्

कसरी भयो क्रिकेटको विकास ? क्रिकेटको नालीबेली…


– कुलचन्द्र अर्याल

इतिहास – मूर्खले खेल्ने र महामूर्खले हेर्ने खेलका रूपमा चिनिने क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै  बेलायतबाट  सुरु  भएको  मानिन्छ । सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान  खिचेको हो । इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि  विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप  पाएको हो ।

कसरी विकसित भयो क्रिकेट शब्द ? पढ्नेक्रम जारी राख्नुहोस्

कतारको चिट्ठामा नेपालीले २ करोड रुपैयाँ र प्राडो जिते


दोहा, फाल्गुन ४ – खाडी मरुभूमिमा श्रम गर्न आएका नेपालीलाई धेरैले ‘अभागी’ ठान्छन् । तर, त्यसलाई असत्य सावित गरिदिएका छन् जयमंगल यादव र नरबहादुर बस्नेतले । कतारको दोहास्थित सफारी मलको ‘विन वान मिलियन अफर’ को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरहवा रूपन्देहीका जयमंगल यादवलाई परेको छ । दोस्रो पुरस्कार पाउने भाग्यमानी पनि नेपाली नै भएका छन् । ल्यान्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले आज युएईसँग खेल्ने


नारायण नेपाल,

कुवेत  १९   फेब्रुअरी,  एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, आज  नेपालले युएईसँग कुवेतको दोहास्थित केईसी क्रिकेट मैदानमा खेल्नेछ । समूह ‘बी’ मा रहेका अन्य चार टिमको तुलनामा थाइल्यान्ड कठिन प्रतिद्वन्द्वीलाई जितेर सेमी फाईनलको यात्रालाई खुकुलो बनाएको नेपालले युएईलाई सजिलै जित्ने अनुमान लगाउन सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्