कतारमा गरीब आसाहाय परिवारलाई सहयोग


डम्बर रिमाल, कुवेत

रुपन्देही जिल्ला मानमटेरीया गा.वि.स वार्ड नम्बर ९ स्थायी घर भएका कतारमा कर्यरत श्री पृथुलाल खरेलको महत्वपूर्ण योगदान र पहलमा कतारको एक प्रतिष्ठित कम्पनिमा कार्येरत उच्च पदस्त अधीकृतहरुको सहयोगमा कतारी रियाल १५१६ अर्थात नेरु ३०३८०.६४ संकलन गरिएको छ ।

उक्त रकम बुटवलको हिमालय बैंकमा श्री पितम्बर खरेलको नाममा पठाइएको छ  र सो रकमलाई रुपन्देही जिल्ला मानमटेरीया गा.वि.स निवासी स्वर्गिय तारा बहादुर छेत्रीकी श्रीमिती मिना छेत्रीलाई सोही गा.वि.स को बुद्ध  शान्ती आमा समुहकी अध्यक्ष बसन्ती घिमिरे र सचिव शिक्षिका रमा कडेलले सो समुहको वार्षिक उत्सव सभा २०६७ फागुन ७ गते शनीवार हष्तान्तरण गर्ने जानकारी गराउनु भएको छ । उक्त परिवार अतिनै गरीब र असाहाय भएको हुँदा सो रकम उक्त परिवारको लागि संकलन गरिएको समाजसेवी खेरेलले जनाउनु भएको छ ।

उक्त रकम संकलन गर्न महत्वपूर्ण योगदान दिनु हुने  सहयोगी श्री मेथु परेरा र साथीहरुलाई धन्यवाद दिन चाहन्छु भनि समाजसेवी खरेलले कुवेतनेपाल डटकमलाई ईमेलमा बताउनु भयो । सो परिवारलाई समाजसेवी खरेलले यस भन्दा अगाडि पनि आर्थिक सहयोग गर्नु भएको र आउँदा दिनहरुमा पनि गरीब तथा आसाहयहरुलाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.