नेपाली चलचित्रमा गैरआवासीय नेपालीहरूको लगानी


नेपाली चलचित्र उद्योगमा गैरआवासीय नेपालीहरूको लगानी भित्रिन थालेको छ, गैरआवासीय नेपालीहरूको लगानीसँगै नेपाली चलचित्रको बजेट पनि वृद्धि हुन थालेको छ । केही वर्ष अघिसम्म रुग्ण मानिएको नेपाली फिल्म उद्योग पछिल्लो समयमा औसतसम्म आइपुग्दा महँगा फिल्म निर्माण हुन थालेका हुन्  । नयाँ प्रविधि र नयाँ पुस्ताको प्रवेशसँगै नेपाली सिनेमा उद्योगको लगानी बढ्दै गएको हो ।

आधा शताब्दी लामो नेपाली फिल्म उद्योगको आरोह अवरोहसँगै नयाँ शैली, प्रविधि र  प्रयोग भित्रिन थालेपछि चलचित्र निर्माणको बजेट बढ्दै गएको हो । औसत व्यापारमा अल्झिरहेको नेपाली चलचित्रमा गैरआवासीय नेपालीहरूले लगानी भित्राएपछि फिल्म निर्माणले पनि तीव्रता पाएको छ । पहिला वर्षमा २०÷२५ वटा निर्माण हुने चलचित्र अहिले ४५÷५० वटा बन्न थालेका छन् सन् २०११ का लागि मात्र ९२ वटा चलचित्र निर्माण हुने क्रममा रहेको चलचित्र विकास बोर्डले जनाएको छ । सरकारले अझै पनि चलचित्र क्षेत्रलाई उद्योगको मान्यता नदिएको अवस्थामा वार्षिक अर्बाैं रुपैयाँ नेपाली चलचित्र क्षेत्रमा लगानी हुन थालेको छ ।

चलचित्रलाई मनोरञ्जनको मध्यम मान्ने हुनाले मुलुकको अर्थतन्त्रमा चलचित्रको हिस्सा नगण्य रहेको छ । विगतमा २५ देखि ५० लाखमा निर्माण हुने चलचित्रहरू अहिले करोड नाघ्न थालेका छन् । प्रविधिको प्रयोग र प्रतिस्पर्धाका कारण नै चलचित्रमा बजेट बढ्दै गैरहेको नेपाली चलचित्रमा दख्खल राख्ने सञ्चारकर्मी विष्णु शर्मा बताउँछन् । रिलबाट परिष्कृत हुँदै अहिले डिजिटल फरम्याटमा चलचित्र निर्माण भइरहेका छन् । लोकेसनका लागि विदेश पुग्ने र युवापुस्तालाई लक्षित गर्दे चलचित्र निर्माण हुने हुँदा बजेटको आकार ठूलो हुँदै गइरहेको चलचित्र निर्माता रेश मरहठ्ठा बताउँछन् । चलचित्रमा लगानी बढ्दै गएपछि गैरआवासीय नेपालीहरूले पनि चलचित्र निर्माणमा चासो देखाएका छन् । पछिल्लो पटक मात्रै अमेरिका बस्ने माधव आचार्यले चलचित्र च्यालेन्जमा, अमेरिकामै बस्ने डेननविन अधिकारीले चलचित्र काठमाडौंमा, अमेरिकामै बस्ने रमेश तोवएनाले चलचित्र हाँसिदेऊ एक फेर, अष्टे«लिया बस्ने गणेश केसीले चलचित्र डेस्टिनेसन काठमाडौंमा लगानी गरेका छन् भने पछिल्लो महँगो चलचित्र मानिएको शासनमा पनि गैरआवासीय नेपालीको लगानी छ ।

हलिउड र बलिउडमा चलचित्र हिट र प्लप हुँदा सेयरबजारमा समेत असर पार्ने अवस्थामा पुगेको समयमा नेपालमा चलचित्रमा लगानी बढ्दै गएको छ भने अझै यसले उद्योगको मान्यता पाएको छैन । चलचित्र राँकोको निर्माण हुँदा करोड लगानी पुगेको थियो तर यो ट्रेन्ड पछिल्लो समयमा बढ्दै गएको छ । राँकोदेखि यही माघमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र स्वरसम्म आइपुग्दा चलचित्र निर्माणमा करोडौंको लगानी हुन थालेको छ । राँकोपछि ‘मेरो एउटा साथी छ’ ले पछ्याएको बजेट वृद्धिमा अहिले करोडभन्दा माथि शासन, निसाना, स्वर, च्यालेन्ज, काठमाडांै चलचित्रहरू दगुरिरहेका छन् ।

मेगाप्रोजेक्टका रूपमा विकास हँुदै गएको चलचित्र निर्माणमा व्यापार भने सन्तोषजनक भने छैन । कतिपय चलचित्रहरूले लगानीको आधा प्रतिशत पनि उठाएका छैनन् । चलचित्र गोर्खापल्टन बाहेक पछिल्ला चलचित्रले राम्रो व्यापार गर्न सकेको छैन तर पनि ठूला बजेटमा चलचित्र निर्माण भएका छन् । गुणस्तर र दर्शकको चाहनालाई बुझेर चलचित्र निर्माण गर्ने हुँदा बजेट ठूलो भएको हो चलचित्र स्वरका निर्मातामध्ये एक मनीष राजभण्डारीले बताए । प्राविधिक लोकेसन र नयाँ धारका चलचित्र निर्माण भइरहेको हुँदा बजेटलाई सीमित नपारिएको चलचित्र धर्मामा निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । बजेटको आकारमात्र ठूलो बनाएर हुँदैन फिल्मको कथावस्तु पनि राम्रो हुनुपर्छ अनि चलचित्र चल्छ निर्माता संघका पूर्वअध्यक्ष अशोक शर्मा भन्छन्, “पछिल्ला राम्रा चलचित्र गोर्खापल्टन र कसले चो¥यो मेरो मनले नयाँ रेर्कड गरेको शर्माको भनाइ छ ।”

धमाधम महँगा चलचित्र निर्माण भए पनि दर्शक भने घटेका छन् चलचित्र प्रदर्शन गराउनेहरूको छाता संगठन चलचित्र विकास संघले निकालेको पछिल्लो तथ्यांकका आधारमा चलचित्र हलसम्म पुगेर नेपाली चलचित्र हेर्ने दर्शक ३ प्रतिशतबाट घटेर १ प्रतिशतमात्र छन् । यस्तो अवस्थामा तीव्र रूपमा धेरै निर्माण भएका चलचित्रहरू कसरी चल्ने हुन् सोचनीय रहेको हल सञ्चालक नविन खड्का बताउँछन् । नेपाली चलचित्रले भौगोलिक सीमा नाघेर अन्तर्राष्ट्रिय बजारमा पुगेको र कलाकारको पारिश्रमिक बढेकोलाई भने सकारात्मक मान्नुपर्छ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.