जेठ १४ मा संविधान जारी नभए लिम्बुवान कब्जा गर्छौः पालुङ्वा


सुरेन्द्र सुवेदी, संखुवासभा, फाल्गुन ५ -संघीय लिम्बुवान राज्य परिषदले जेठ १४ गते संविधान जारी नहुने भन्दै त्यसपछि पूर्व क्षेत्र नियन्त्रणमा लिने उदघोष गरेको छ ।बिहीबार संखुवासभाको खाँदबारीमा पत्रकारसँग कुरा गर्दै परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वाले अरुण र कोशी पूर्वका ९ जिल्ला नियन्त्रणमा लिएर राज्य सत्ताको अभ्यास गर्ने बताएका छन् ।

परिषद संखुवासभाको पहिलो जिल्ला अधिवेशन गर्न आएका अध्यक्ष पालुङ्वाले भरखर बनेको झलनाथ खनाल नेतृत्वको सरकारले संविधान नबनाउने ठोकुवा गर्दै यो सरकार पनि संघीयता बिरोधी भएको दावी गरे ।

संघीय नेपालको संविधान बनाउन अवरोध गर्ने संविधानसभाका सबै दल दोषी हुने उनको भनाइ छ ।  उनले संघीय लिम्बुवान राज्य परिषदले पूर्व क्षेत्रलाई स्वायत्त बनाउन आन्दोलन छेडेपछि सबै दलले पार्टीको भातृ संगठन खोलेर लिम्बूवान आन्दोलनलाई निस्तेज पार्न खोजेको आरोप लगाए ।

Posted by: Jay Ale                         Source: Kantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.