Daily Archives: 17/02/2011

नेपाली महिला क्रिकेट खेलाडीलाई नेपाली राजदूतावास कुवेतद्वारा दिवा भोज (फोटो फिचरसहित)


जय आले, कुवेत

एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप २०११, कुवेतमा भाग लिन आज सबेरै १२.५ बजे कुवेत आईपुगेका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूले आज आफ्नो निवासमा एक दिवा भोजको आयोजना गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अमेरिकामा बस्ने नेपालीको वैवाहिक जिवन खतरामा, ५० हजारको सम्बन्धबिच्छेद !


– कृष्णा कुमारी गौतम

अमेरिकामा बस्ने नेपालीहरुको सन्दर्भमा उनीहरुको वैवाहिक जिवन खतरामा पर्ने समस्या एउटा गम्भीर समस्या बन्दै गएको छ । कैयन नेपालीहरुका लागि सांच्ची एउटा दुखद कथा बन्दै जान थालेको छ , वैवाहिक जिवन । महिला र पुरुषका लागि समान अधिकार कायम हुनुपर्ने आवाज उठिरहदा सन् १९५० देखि अमेरिकामा महिलालाई पनि पुरुष सरह अधिकार दिनेगरी परिवर्तन आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकार ढाल्ने षड्यन्त्र सुरु भइसक्योः दाहाल


-कान्तिपुर संवाददाता

काठमाडौं, फाल्गुन ५ -माओवादी अध्यक्ष पुष्पकमल दाहालले दक्षिणपन्थीहरुले वर्तमान सरकार ढाल्ने षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् । दाहालले सरकार ढाल्ने षड्यन्त्र आफ्नो दलले विफल पार्ने बताए ।

‘दक्षिणपन्थीहरुको स्वार्थअनुकुलको नबनेपछि सरकार ढाल्ने षड्यन्त्र सुरु भइसकेको छ,’ बिहीबार राजधानीमा वाईसीएलको चियापानमा दाहालले भने, पढ्नेक्रम जारी राख्नुहोस्

लहानमा लाठिचार्ज, ६ राउण्ड अश्रुग्यास प्रहार, झडप जारी


 कडा गर्ने केन्द्रमा परीक्षा नगर्न माग-
मिथिलेश यादव, लहान, फागुन ५- परीक्षार्थीलाई कडा गर्ने केन्द्रमा राख्‍न नहुने माग गर्दै रोयल सफ्टटेक कलेजका विद्यार्थीले पूर्व-पश्चिम राजमार्गको लहान खण्डमा चक्काजाम गरेपछि सुरक्षाकर्मीसँग झडप भएको छ। झडपका क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। झडप जारी छ। पढ्नेक्रम जारी राख्नुहोस्

जेठ १४ मा संविधान जारी नभए लिम्बुवान कब्जा गर्छौः पालुङ्वा


सुरेन्द्र सुवेदी, संखुवासभा, फाल्गुन ५ -संघीय लिम्बुवान राज्य परिषदले जेठ १४ गते संविधान जारी नहुने भन्दै त्यसपछि पूर्व क्षेत्र नियन्त्रणमा लिने उदघोष गरेको छ ।बिहीबार संखुवासभाको खाँदबारीमा पत्रकारसँग कुरा गर्दै परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वाले अरुण र कोशी पूर्वका ९ जिल्ला नियन्त्रणमा लिएर राज्य सत्ताको अभ्यास गर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली कुवेत आइपुग्यो; कुवेत एअरपोर्टमा भब्य स्वागत


राजु गुरुङ, कुवेत

अन्तत नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसिसी महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा भाग लिन आज सबेरै अर्थात १२.५ बजे कुवेत आईपुगेका छन । यस अघी टोली हिजै बेलुकी नै आइपुग्ने भनिए पनि फ्लाईट क्यान्सिल भएको कारण आज मात्र पि.आइ.ए को फ्लाईट नं २१५ मा कराँचीबाट सिधै कुवेत आइपुगेका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली चलचित्रमा गैरआवासीय नेपालीहरूको लगानी


नेपाली चलचित्र उद्योगमा गैरआवासीय नेपालीहरूको लगानी भित्रिन थालेको छ, गैरआवासीय नेपालीहरूको लगानीसँगै नेपाली चलचित्रको बजेट पनि वृद्धि हुन थालेको छ । केही वर्ष अघिसम्म रुग्ण मानिएको नेपाली फिल्म उद्योग पछिल्लो समयमा औसतसम्म आइपुग्दा महँगा फिल्म निर्माण हुन थालेका हुन्  । नयाँ प्रविधि र नयाँ पुस्ताको प्रवेशसँगै नेपाली सिनेमा उद्योगको लगानी बढ्दै गएको हो । पढ्नेक्रम जारी राख्नुहोस्