गृहसहित माओवादीलाई ११ मन्त्रालय निश्चीत


जति बिरोध गरेपनि सहमति तोडिन्नः प्रचण्ड

४ फागुन, काठमाडौं । पार्टीका पाँच शीर्ष नेताको बिरोधका बाबजुद एमाले अध्यक्ष झलनाथ खनाल माओवादीलाई गृहसहित ११ मन्त्रालय दिन तयार भएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालबीच बुधबार विहान बालुवाटारमा भएको भेटमा ११ मन्त्रालय माओवादीले र ८ मन्त्रालय एमालेले लिने सहमति भएको हो ।२६ मन्त्रालयमध्ये बाँकी ७ मन्त्रालय मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाललगायत अन्य दलका लागि छुट्टाइएको छ । योसँगै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

सहमतिअनुसार माओवादीले गृह, परराष्ट्र, स्थानीय विकास, महिला बालवालिकालगायतका मन्त्रालय पाउने छ । विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा जाने अनौपचारिक सहमति भएपनि अन्तिम टुङ्गो लगाउने बिहीबार बिहान स्थायी समितिको बैठब बोलाइएको छ ।

माओवादीबाट कृष्णबहादुर महरा, बर्षमान पुन, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, जयपुरी घर्तीको नाम निश्चीतजस्तै भएको बताइएको छ । मधेसीबाट प्रभु साह र तामाङबाट हितबहादुर तामाङको नाम पनि चर्चामा छ ।

यस्तै एमालेले रक्षा, अर्थ, सञ्चार, सामान्य प्रशासन लगायतका मन्त्रालय पाउने छ । बिहीबार बिहान एमाले स्थायी कमिटीको वैठक बसेपनि माओवादीलाई गृह दिने कि नदिने भन्ने बिबादका कारण मन्त्रीका नाम सिफारिस हुने सम्भावना भने कम छ । बालुवाटार निकट स्रोतले बिहीबार एमालेका मन्त्री नथपिने बताएको छ ।

यस्तै मधेसी जनाधिकार फोरमलाई उर्जा, सिंचाई र आपूर्तिमध्ये एक सहित ३ मन्त्रालय दिने सहमति भएको छ । यस्तै माले समाजवादीले भूमिसुधार मन्त्री एक र राज्यमन्त्री एक पाउने भएको छ । जसमा जगतबहादुर बोगटी र यदुबंश झालाई पार्टीले सिफारिस गरेको छ ।

जति बिरोध गरेपनि सहमति तोडिन्नः प्रचण्ड

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई गृह मन्त्रालय दिने सहमति भएको भन्दै एमालेका माधव नेपाल र केपी ओलीले जति बिरोध गरेपनि झलनाथले सहमति नतोड्ने बिश्वास ब्यक्त गरेका छन् ।

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा पुगेका प्रचण्डले प्रशिक्षण सकिएपछि आयोजित पत्रकार सम्मेलनमा अधिकांश मधेसवादी र केही साना दल सरकारमा सामेल हुने निश्चीत भएको र बिहीवार नै सरकारले पूर्णता पाउने बिश्वास ब्यक्त गरे ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिका बिषयमा सोधिएको प्रश्नमा प्रचण्डले संबिधान बन्नुअघि एमाले र संबिधान बनेपछि माओवादीको नेतृत्वमा सरकार बनाउने सहमति भएको बताए ।

Posted By : Narayan Nepal                                             Source : onlinekhabar

3 responses to “गृहसहित माओवादीलाई ११ मन्त्रालय निश्चीत

  1. I don’t care about that matter but we need come back to peace in Nepal.
    We hope that Nepal will be return back to peace of the world.

  2. i love it good good

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.