रक्तदान – जीवनदान (प्रसङ्ग रगतको)


जय आले, कुवेत

विश्व एक घर र मानव परिवार हो । मानवतामा धर्म, जाति, वर्ग, लिंग आदि कुनैको सीमा हुँदैन । संसारका सबै मानिस एकै हुन् । विश्वको एक कुनाबाट रक्तदान गरेर विश्वको अर्को कुनाका मानिसको जीवन बचाउन सकिन्छ । विश्वका सबै मनुष्यहरु एउटै घरका दाजुभाइ, दिदीबहिनी अर्थात सम्पूर्ण मानव विश्वघरका जहान हुन, एकअर्का प्रतिको सहयोग र सदभावले नै मानव जीवनमा उन्नति सम्भव छ ।

यस्तै यथार्थतालाई आत्मसात गर्दै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य एवं कुवेतनेपाल डटकमका संवाददाता श्री डम्बर प्रसाद रिमालज्यूले कुवेतको ब्लड बैंकमा गएर १५ फेब्रुअरी २०११ को दिन, रक्तदान गर्नु भएको छ । आफुलाई शरीरमा निकै थकान र कमजोरीको महशुस भए पनी जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्य गर्न पाउँदा आत्म सन्तुष्टी मिलेको वहाँले बताउनु भयो ।

रगतको प्रसंग:
संसारमा काल र परिस्थिति अनुसार विभिन्न किसिमका दुर्घटना घट्दछन् । दुर्घटनामा परेर मान्छेलाई चोटपटक, घाउ लाग्न सक्छ, शरीरबाट रगत बग्न सक्छ, शरीरमा रगतको कमी हुन जान्छ । पुरुषमा कुनै खास किसिमका रोगहरुबाट रगतको कमी हुनसक्छ । यसैगरी महिलामा रोगको साथै बच्चा जन्माउँदा रक्तश्राव हुनसक्छ । कुनैबेला चिरफार वा शल्यक्रिया गर्दा रगत बगी रगतको कमी हुनसक्छ । जुनसुकै कारणले होस् शरीरमा रगतको कमी भयो भने मानिस बाँच्न सक्दैन । विज्ञान र प्रविधि आज अभूतपुर्व भएको छ । मानिसको शरीरमा रगतको कमी भयो भने अर्को मानिसको रगत दिएर बचाउन सकिन्छ । रगत विभिन्न प्रकारका हुन्छन् भन्ने कुरा पत्ता लागेको छ र मिल्दो किसिमको रगत दिएर व्यक्तिले अर्काको ज्यान बचाउन सक्छ । रगत बन्ने र नाश हुने प्रकृयाको अध्ययन र खोजले स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रगत दिन सक्ने कुरा सिद्ध भएको छ ।

रगत के हो र यसको बनोट कस्तो छ:
रगत बाँच्नको लागि नभइ नहुने मुटु र रक्तनलीहरुमा बग्ने रातो तरल पदार्थ हो । रगत हाम्रो शरीरको Bone Marrow मा बन्दछ । भ्रूणावस्था वा नवजात शिशुहरुमा रगत कलेजो र फियोले बनाउँछ । अरु वस्तुको प्रतिस्थापन्न वस्तु भए जस्तै रगतको प्रतिस्थापन्न वस्तु छैन । रगत बनाउने कुनै प्रयोगशाला वा कारखाना छैन, यसको विकल्प अरु छैन । रगतबाट हाम्रो शरीरको विभिन्न भागमा आवश्यक तत्वहरु पुर्‍याउने काम हुन्छ । रगतमा हुने हेमोग्लेबिनमा फोक्सोमा पुगी अक्सिजन मिली अक्सिहेमोग्लेविन बनी शरीरमा अक्सिजन पुर्‍याउन र कार्बन्डाइअक्साइड फोक्सोबाट बाहिर फर्काउने काम हुन्छ । शरीरका सबै अंगलाई रगतको आवश्यकता पर्छ । यो नभएमा मस्तिष्क ४ मिनेट र मुटु ६ घण्टामा निष्कृय हुन्छ ।

रगत मुख्य रक्तकोषहरु -४५ प्रतिशत) र प्लाज्मा -५५ प्रतिशत)ले बनेको हुन्छ । रक्तकोषहरुमा रातो रक्तकोषहरु, सेतो रक्तकोषहरु र प्लाटेलेट्स हुन्छन् । सेता रक्तकोषहरु -५ प्रकारका हुन्छन् । न्यूट्रोफिल -सेतो रक्तकोषको ५५ देखि ७० प्रतिशत), इओसिनोफिल -सेतो रक्तकोषको २ देखि ५ प्रतिशत हुने, परजीवीलाई आक्रमण गर्ने), बेसोफिल, मोनेसाइट -सेतो रक्तकोषको ५ देखि ८ प्रतिशत, ५ प्रकारका सेताकोषहरुमा सबैभन्दा ठूलो हुने) र लिम्फोसाइट -एण्टीबडी बनाउने, कीटाणुमार्न एन्टीटक्सिन बनाउने)। प्लाज्मामा ९० प्रतिशत पानी, ८ प्रतिशत प्रोटिन, ०.९ प्रतिशत इनअर्गानिक आयनहरु र १.१ प्रतिशत अर्गानिक पदार्थहरु हुन्छ । इनअर्गानिक आयनहरुमा सोडियम, पोटासियम, क्याल्सियम, क्लोरिन, हाइड्रोजन, कार्बोनेट र फोस्फेट हुन्छ भने प्लाज्मा प्रोटिनमा अल्बुमिन -प्लाज्माको ६० प्रतिशत), ग्लोबुलिन -प्लाज्माको ३६ प्रतिशत), फाईब्रिनोजन र प्रोथोम्बिन प्लाज्माको ६० प्रतिशत हुन्छ । प्लेटेलेट्सले रगत बग्दा रगत जमाउन मद्दत गर्छ । सेता रक्तकोषहरु रंगहीन हुन्छन् । यिनमा हेमोग्लोबिन हुँदैन । यसमा न्यूक्लियस हुन्छ र यसको आकार अनियमित हुन्छ ।

रगतको समूहहरु:
वैज्ञानिकहरुले ५०० प्रकारका रगतका समूहहरु पत्ता लगाएका छन् । रक्तसंचारको लागि २ वटा समूहलाई महत्वपूर्ण मानिएको छ -क) एबीओ समूह -A, B, AB and O ब, द्य, ब्द्य र इ ख) RHच्ज समूह – नेगेटिभ र पोजिटिभ समूह । एबी समूह भएकालाई युनिभर्सल रिसिपेण्ट र ओ नेगेटिभ समूह भएका लाई युनिभर्सल डोनर भनिन्छ । RH Factorच्ज् बअतयच भएको व्यक्तिलाई RH Positive च्ज् एयकष्तष्खभ भनिन्छ । RH Factor च्ज् बअतयच हेर्ने भनेको राता रक्तकोषको सतहमा प्रोटिनको उपस्थिति छ वा छैन हेर्ने भनेको हो ।

रक्तदान गर्न सकिने र नसकिने अवस्थाहरु:
रक्तदान गर्दाको दिन आफूलाई स्वास्थ्य ठीक छ भन्ने अनुभव वा महसूस गरिनु पर्छ, तौल कममा पनि ४५ केजी -१०० पाउण्ड) भएको, हेमोग्लोबिनको तह १२.५ ग्राम प्रतिशत, ब्लड प्रेशर र अन्य अवस्थाको परीक्षणमा ठीक पाईएको र पहिले रक्तदान गरेको १२ हप्ता पुगेको हुनु पर्छ । महिलाहरुले भने परीक्षण गराइ वर्षो २ चोटि दिन सक्छन् । मुटु तथा फोक्सोको रोगी, क्यान्सर भएको, उच्च रक्तचाप भएको, मधुमेहको रोगी, रक्तश्राव भएको, ठूलो चिरफारको उपचार गराएको व्यक्ति, एड्सको लक्षण देखापरेको, हेपाटाइटिस बी र सी भएको र सिफलिस भएको व्यक्तिले रक्तदान गर्न हुँदैन ।

रक्तदान गर्न नहुने अन्य अस्थायी अवस्थाहरु:
रुघा लागेको, बढी ज्वरो भएको, दाँत उखेलेको ३ दिनसम्म, छालाको घाउ भए ३ दिनसम्म, गर्भवती, सुत्केरी भएको ६ हप्ता नपुगेको, बच्चालाई दूध चुसाउने आमा, हेपाटाइटिस बी को खोप दिएको, ठेउला, दादुरा संक्रमित रोग भएको, कान छेडेको, छालामा खोपेर लेखेको -त्बततयय), अक्यूपञ्चर गरेको, विगत ६ हप्तामा मलेरिया हुने ठाउँमा गएको छ भने १ वर्षसम्म दिनु हुँदैन । टाइफाइड, हैजा, डिप्थेरिया, इन्फ्लुएन्जा, लहरेखोकी, प्लेग, पोलियो, टाइफस आदिको भ्याक्सिन लगाएको २ हप्तासम्म दिन हुँदैन । हेपाटाइटिस बी र रेबिजको भ्याक्सिन र टिटानसको सूइ लगाएको २ दिनसम्म र दादुरा, हाँडे, पहेंलो ज्वर, रुबेल्ला, पोलियो, हेपाटाइटिस ए को खोप लगाएको ४ हप्तासम्म रगत दिनु हुँदैन ।

रक्तदान सम्बन्धी भय र गलत धारणाहरु:
लिन नहुनेबाट लिन र दिन नहुनेलाई कुनै चीज पनि दिनु हुदैन नत्र स्थिति ब्रि्रन जान्छ । यो कुरा रगतका सम्बन्धमा भनिएको हो । कसबाट लिन मिल्छ र कसलाई कुन रगत दिन मिल्छ यो परीक्षण गरेर थाहा लाग्छ । यस्तै कतै परेका सन्जोगवशका घटनालाई आधार बनाएर रक्तदान सम्बन्धमा नकारात्मक धारणा राख्नु राम्रो होइन । फलानो रक्तदान गरेर कमजोर भयो, उसको पहिले त्यस्तो लाठे शरीर थियो रक्त दान गरे पछि शरीर खस्कियो, आफ्नो शरीरमा भएको दिनु आफ्नो शरीरमा खती गराउनु हो । अर्काको रगत लिएर पनि कति चल्छ र भन्ने जस्ता भनाइहरु बेला बेलामा सुन्न पाइन्छ । मानिसबाट रगत निकाल्ने कुरामा यस्ता भय र त्रासका कुराहरु आउनु र गलत विचारको छाप रहनु यस सम्बन्धी ज्ञान र अनुभवको अभाव नै हो । त्यसैले यस विषयमा व्यापक जनसमुदायमा शिक्षा दिन जनचेतना अभिबृद्धि गर्नु आवश्यकता छ ।

रक्तदान सम्बन्धी केही जानकारीहरु:
रगतको मात्रा पुरुषमा प्रति केजी शरीरमा ७६ मिली र महिलामा ६६ मिली हुन्छ । दैनिक कार्य संचालन गर्न शरीरमा ५० मिली प्रति केजी आवश्यक हुन्छ । त्यसैले पुरुषमा २६ र महिलामा १६ मिली रगत प्रति केजी शरीरमा जगेडाको रुपमा रहेको हुन्छ । ४५ केजी भएको स्वस्थ व्यक्तिले प्रति केजी ८ मिली रगत सजिलैसंग दिन सक्छ । एक पटकमा एक व्यक्तिबाट सामान्यत ३५० मिली रगत मात्र झिकिन्छ । रक्तदान गर्दा ५देखि १० मिनटसम्म लाग्छ । रगत दिए पछि ३ घण्टासम्म लागु पदार्थको सेवन नगर्नु राम्रो हुन्छ । शरीरबाट कम भएको तरल पदार्थ केही घण्टामा आपुर्ती हुन्छ ।

रक्तदान गर्नु ठूलो धर्म हो । शारीरिक परीक्षण गरी नियमित रुपमा दिने गरेमा विश्वका कुनै पनि ठाउँका मानिसको जीवन जोगाउनुका साथै रक्तदाताको रुपमा सम्मान पाउन सकिन्छ । व्यक्तिगत रुपमा र संस्थाले आयोजना गरी संस्थागत रुपमा रक्तदान गर्न सकिन्छ । नपालमा२०२३ साल श्रावण १२ गतेबाट लक्ष्मी ब्लडबैंकको नाममा वीर अस्पताल नजीकैको घरमा रक्त संचार सेवा नेपाल रेडक्रस सोसाइटीले स्थापना गरी सेवा शुरु गरेको थियो । विश्वमा प्रत्येक ३ सेकेण्डमा कुनै न कुनैलाई रगतको आवश्यकता परिरहन्छ । त्यसै गरी अस्पताल गएका १० जना मध्ये १ लाई रगतको आवश्यकता पर्छ ।

स्वस्थ वयस्कको शरीरमा १० पिन्ट -१ पिन्ट बराबर यूएसएमा करीव ०.४७३ लिटर) रगत हुन्छ । दिएको रगतको राता रक्त कोषहरु ४२ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लेटेलेट्स संकलन गरेको ५ दिन भित्र प्रयोग गर्नु पर्छ । प्लाज्मालाई जमाउन सकिन्छ र वर्ष दिनसम्म प्रयोग गर्न सकिन्छ । १७ वर्षपुगेको ११० पौण्ड -१ पौण्ड बराबर ०.४५४ किलो) तौल भएको एक स्वस्थ व्यक्तिले प्रत्येक ५६ दिनमा रगत दिन सक्छ । रक्तदान गरेर हामीलाई एड्स वा अन्य कुनै संक्रमित रोग लाग्दैन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.