राजु गुरुङ, कुवेत
कुबेतमा आयोजना हुन लागेको एसियाली क्रिकेट परिषद् (एसिसी) महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सहभागि हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोलि आज अपरान्ह ५.३० बजे कुवेत आई पुग्ने भएको छ । कुवेत आउने टोलीमा कप्तान नेरी थापा, उपकप्तान रुविना क्षेत्री, नीरा राजोपाध्याय, मधु थापा, सीता रानामगर, सरिता मगर, मीना गौतम, रश्मी शर्मा, मनिषा रावल, ममता थापा, खिनाकुमारी थापा, जानकी भट्ट, इन्दु वर्मा र करुणा भण्डारी रहेका छन् । साथै संयोजकमा विजय शर्मा, व्यवस्थापकमा सिर्जना आचार्य र प्रशिक्षकमा अरुणकुमार अर्याल रहेको बुझिएको छ । यस अघी सोही टोली पाकिस्तानको राष्ट्रिय महिला क्रिकेट टिमसँग अभ्यास खेल खेली कुवेत तर्फ लागेका हुन ।
जानकारीमा आएअनुसार, कुवेतमा कृयाशिल नेपाली संघ, सस्था, बुद्धीजिबी तथा दुताबासबाट नेपाली महिला राष्ट्रिय क्रिकेट टोलिको स्वागतार्थ आज अपरान्ह ५ बजे कुवेत एअरपोर्ट पुग्ने कार्यक्रम रहेको छ ।
एसिसि महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिप नेपाल, थाइल्यान्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ), कुबेत, हङकङ, चीन, सिङ्गापुर, भुटान र ओमान गरी जम्मा १० देशहरु बिच यही फेब्रुअरी १८ देखी २५ तारिखसम्म कुवेतमा सन्चालन हुँदैछ । सो उपाधीको डिफेन्डिङ च्याम्पियन हङकङ हो ।
kindly fix the text it must be 18 FEB not 18 March
https://kuwaitnepal.com/2011/02/13/acc-womens-t-20-tournament-2011-kuwait-fixture/#more-30077/
this is great news