ठगी गर्ने ११ म्यानपावर कालो सूचीमा


दोहा, पुस २९ – नेपाली दूतावासले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ११ म्यानपावर कम्पनीलाई कालो सूचीमा राखी कारोबारसमेत रोक्का गरेको छ ।सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा पठाउने, एउटा कम्पनीको भिसामा अर्कै कम्पनीको नक्कली श्रम सम्झौता बनाएर पठाउने, एउटा कामको आश्वासन दिएर अर्कै काममा पठाउने, सरकारलाई अविश्वास गरी नियोगभन्दा बाहिरबाट मागपत्र बनाएको म्यानपावर कम्पनीलाई दूतावासले कालो सूची राखेको हो । 
म्यानपावर कम्पनीले यसबाट सरकारलाई राजस्वमा समेत हानि पुर्‍याएको दूतावासको दाबी छ । दूतावासमा मागपत्र प्रमाणित गरेमा ३ सय ९० कतारी रियाल सरकारलाई राजस्व बुझाउनुपर्छ ।
काराबार रोक्का राखिएका म्यानपावरहरूमा एसओएस, क्याराभान इम्प्लाइमेन्ट सर्भिस, रिभाइभ नेपाल, यती ओभरसिज, सिदार्थबुद्व ओभरसिज, डायना ओभरसिज, बज्रहयुमन रिसोर्स, युचर इम्प्लाइमेन्ट सर्भिसेज, क्लासिक ओभरसिज म्यानपावर, टिमफोर्स तथा पायोनियर ओभरसिज सर्भिसेज रहेका छन् । एसओएस म्यनपावरले सुखवा-१ सर्लाहीका २२ वषर्ीय रंजितकुमार रावत तथा रामनारायण दास, सोही गाविस वडा नं. २ का २८ वषर्ीय राशनारायण महरा र २१ वषर्ीय हुलास दासलाई एउटा कम्पनीको श्रम स्वीकृति बनाएर अर्कै कम्पनीको भिसामा कतार पठाएका थिए । क्लिनरको काम भन्दै ७ सय ५० तलब हुन्छ भनी १९ अगस्टमा कतार पठाएकोमा चारैजनालाई २४  तारिखसम्म क्लिनरको काम नदिएर ढुङ्गा बोक्न लगाएको पीडितहरूले बताएका थिए ।
यसैगरी क्याराभान इम्प्लाइमेन्टले गत जुलाई २६ मा १३ जनालाई सरकारले तोकेभन्दा कम पारिश्रमिकमा ल्याएको थियो  । त्यसमध्ये ३ जना स्वदेश फर्किसकेका छन् । सुख्खा ६ सयभन्दा बढी तलब नदिने एसी र खानेपानीसमेत नभएको कोठामा २०/२२ जनासम्म कोचेर राख्ने गरेकाले उक्त म्यानपावरबाट आएका कालिकोट-१ सल्यानका होमबहादुर मगर, मालुङ्ग-७ स्याङ्जाका यादव भण्डारी तथा कोहलपुर-५ बाँकेका होमबहादुर खत्री नेपाल फर्किसकेका छन् । उनीहरूलाई पनि क्याराभानले भिसा एउटाको र सम्झौतापत्र अर्कैको दिएको थियो ।
रिभाइभ नेपालले कतार पठाएका शत्रुधन मण्डल, श्याम कामत, राम उदगार यादव, विजय साह, लक्ष्मण परियार, तेजबहादुर तामाङ, रामपुकार साह तेली, बिपतिया दास, मोहम्मद अफ्जल खान, सुन्दर पासमन र पुष्पलाल श्रेष्ठले नेपालमा भनेबमोजिमको काम र तलब सुविधा नदिएपछि दूतावासको शरणमा आएका थिए । यती ओभरसिजले जुलाई १२  मा ८ जना अनिलकुमार चाैधरी, हरि कुमाल, धनबहादुर नेपाल, शिवहरि कुमाल, गोविन्दबहादुर नेपाल, लालबहादुर गुरुङ, लुरे कामी र सुवास परियार तथा अगस्ट १० मा  भोजराज गुरुङ र  डोमरलाल थारूसहित २ जना गरी १० जनालाई सरकारले तोकेभन्दा कम पारिश्रमिकमा पठाइएको नक्कली कागज बनाएर आफूलाई ठगेको चाल पाएपछि उनीहरू पनि दूतावाससँग सहयोग माग्न आएका थिए । उनीहरूको पनि भिसा एउटा कम्पनीको र श्रम सम्झौता अर्कै कम्पनीको थियो ।
सिदार्थ बुद्व ओभरसिजले १९ अगस्टमा लालनारायण ठाकुर, भीमबहादुर शाही, राजु सुनार, सन्दीप मर्चहे र नाते थारू गरी ५ जनालाई पनि नक्कली सम्झौतापत्र र बेग्लाबेग्लै कम्पनीको भिसा र सम्झौतापत्र दिएर कतार पठाइएको थियो । डायना ओभरसिजले जुलाई २२ र २५ श्रम स्वीकृति लिएर पठाएका जगतराम सुनुवार र हर्कमान श्रेष्ठले पनि नेपालमा आश्वासन दिएबमोजिम काम र तलब नपाएपछि दूतावासमा उजुरी गरेका थिए ।
युचर ओभरसिज इम्प्लाइमेन्ट सर्भिस नक्कली श्रम सम्झौतापत्र हातमा थमाएर पठाइएका रिमबहादुर घर्ती मगर, निमबहादुर पुन, प्रकाश सुवेदी, बालकुमार डाँगी र जितई दोहामा अलपत्र परेका थिए ।नेपालमा रहेको टिमफोर्स ओभरसिज प्रालि नामक म्यानपवर कम्पनीले कतारमा रहेको उसको नेपाली एजेन्टसँग मिली आफ्नो कम्पनीको लेटरप्याड र छाप दुरुपयोग गरेको भन्दै कारबाहीका लागी कतारको कम्पनीले दूतावासमा निवेदन दर्ता गराएपछि नियोगले आवश्यक कारबाही गर्न नेपालमा पत्राचार गरेको थियो । ब्रज हयुमन रिसोर्सले शान्तिनगर- ४ झापाका एजेन्ट रोहित तोलङ्गीमार्फत सोही गाउँका ३७ वषर्ीय एगेन्द्र घिमिरे तथा २७ वषर्ीय अनिल तामाङसँग प्रतिव्यक्ति १ लाख लिएर सर्टिङकार्पेन्टरको काममा ७ सय रियाल तलब र खाना सुविधा हुन्छ भनी झुक्याएर पठाएका थिए । क्लासिक ओभरसिजले हरकट्टी ९ सिरहाका प्रदीपकुमार यादव र बरियारपट्टी सिरहाका दिलीपकुमार यादव कतार पुर्‍याएर ठगी गरेका थिए । १ लाख ५ हजार रुपैयाँ लिई कतार पठाइएका उनीहरूको पनि एउटा कम्पनीको श्रम स्वीकृति र अर्कै कम्पनीको भिसा थियो ।त्यसैगरी पायोनियर ओभरसिजले दूतावासबाट लिएको श्रमस्वीकृतिभन्दा बढी संख्या माग गरी विभागमा निवेदन दिएकोले त्यस म्यानपावरको पनि कारोबार रोक्का राखिएको छ । कारबाही सिफारिस गरिएका ती म्यानपावरका वैदेशिक रोजगार विभागबाट कारबाही फुकुवा गरेको पत्र नआउँदासम्म कारोबार रोक्का राखिने नियोगका श्रम सहचारी ध्रुवप्रसाद कोइरालाले बताए ।
Posted by: Raju Gurung                                                          Source: Kantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.