गौतम गम्भीर – आईपीएलका सर्बाधिक महँगा खेलाडी


काठमाडौ, पुस २९ – छोटो स्वरूपको क्रिकेटमा इन्डियन पि्रमियर लिग -आईपीएल) ले खुबै चर्चा पायो । यसको स्वरूप जति छोटो छ, खेलाडीले पनि कम समयमै सर्वाधिक कमाउने अवसर पाए । रातारात खेलाडीको पोल्टामा लाखौं डलर भित्रियो ।यो वर्ष -सन् २०११) मा आईपीएलको चौथो संकरण भारतमा आयोजना हुँदै छ । खेलाडीको बोल कबोल -अक्सन) भर्खरै समाप्त भयो । दस टिमले खेलाडीको स्तरअनुसार रकम लगाए । भारतीय प्रारम्भिक ब्याट्सम्यान गौतम गम्भीर यस वर्ष आईपीएलमा सबैभन्दा बढी रकममा बिक्री भए । कीर्तिमानी रकम पाएका गम्भीर २४ लाख अमेरिकी डलरमा बिक्री भए ।
लगातार तीन सिजन दिल्ली डेयरडेभिल्समा खेलेका गम्भीरलाई चौथो संकरणमा भारतीय चर्चित कलाकार साहरूख खानको कोलकता नाइट राइडर्सले ठूलो रकम खर्च गर्‍यो । उनी तेस्रो संस्करणमा दिल्लीका कप्तानसमेत बनेका थिए । गम्भीरले पछिल्लो समय दिल्लीबाट खेल्दाभन्दा १२ गुणा बढी रकम पाएका हुन् ।  
युसुफ पठान कीर्तिमानी रकम पाउने खेलाडीको दोस्रो नम्बरमा रहे । राजस्थान रोयल्सबाट खेल्दै आएका पठानलाई पनि कोलकाता नाइट राइडर्सले २१ लाख डलरमा भित्रायो । यस्तै रोविन उथप्पा, रोहित शर्मा, इरफान पठान र युवराज सिंहले आईपीएफको चौथो संस्करणमा ठूलो रकम पाएका छन् । रोविन उथप्पालाई नयाँ टिम साहारा पुने वारियर्सले २१ लाख डलरमा किनेको छ । रोहित शर्मा २० लाख डलरमा मुम्बई इन्डियन्समा प्रवेश गरे । भारतीय खेलाडीले अघिल्ला तीन संस्करणको भन्दा धेरै बढी रकम पाएका हुन् ।
भारतीय टिमबाट लामो समय बाहिर रहेका इरफान पठानलाई दिल्ली डेयरडेभिल्सले १९ लाख डलरमा किन्यो । पठानले अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबबाट खेलेका थिए । पञ्जाबकै अर्का खेलाडी युवराज सिंहलाई साहारा पुने वारियर्सले १८ लाख डलरमा भित्रायो ।
विदेशी खेलाडीमा सबैभन्दा मोटो रकम श्रीलंकाली खेलाडी महेला जयबर्द्धनेले पाए । अघिल्ला तीन संस्करण किंग्स-११ पञ्जाबमा खेलेका उनलाई नयाँ टिम डीएफएफ कोचीले १५ लाख डलर खर्च गर्‍यो । अस्टे्रलियाली खेलाडी डेबिड हसीलाई पञ्जाबले १४ लाख डलर तिर्‍यो ।
पुराना केही चर्चित खेलाडीका लागि यो सिजनको आईपीएलले खुसी बनाउन सकेन् । कोलकाता नाइट राइडर्सका कप्तान रहेका सौरभ गांगुलीलाई कसैले किनेनन् । उनी भारतीय राष्ट्रिय टिमका पूर्वकप्तान समेत हुन् । उनकै सूचीमा क्रिस गायल, ब्रायन लारा तथा मार्क बाउचर पनि परे ।
आईपीएलको पहिलो संकरण सन् २००८ मा भएको थियो । त्यसमा राजस्थान रोयल्सले उपाधि जितेको थियो । दोस्रो संकरण २००९ मा दक्षिण अपि|mकामा भयो । भारतमा विधानसभा निर्वाचनका कारण सरकारले सुरक्षा दिन नसक्ने भएपछि भारतीय क्रिकेट बोर्डले प्रतियोगिता दक्षिण अपि|mकामा सारेको हो । त्यसमा डेक्कन
चार्जर्स च्याम्पियन बन्यो । सन् २०१० मा महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नाई सुपर किङ्सले बाजी मार्‍यो ।
Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.