कम्वोडियाको अदालतद्वारा नेपालीलाई आतंकवादी ठहर गर्दै जेल चलान


काठमाडौं, फागुन ४ (नागरिक) -कम्बोडियाको एक अदालतले एक नेपाली र दुई वंगलादेशीलाई आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै ८ वर्ष जेल चलान गर्न आदेश दिएको छ । उनीहरुलाई अदालतले आतंकवाद विरुद्धको कानुन अनुसार सजाय तोकेको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्‍वाका अनुसार ४४ वर्षीय नेपाली डिपी पौडेललाई हिरासतबाट जेल चलान गरिएको छ। पौडेललाई गैर कानुनीरुपमा कम्बोडिया प्रवेश गरेको आरोपमा हिरासतमा राखिएको थियो ।

गत अप्रिलमा नोम पेन्हमा रहेका बेलायती, अमेरिकी र अस्ट्रेलियन राजदूतावासमा आक्रमण गर्ने धम्की दिने समूहले पठाएको पत्रमा उनको हस्ताक्षर फेला परेको दावी गरिएको छ । अलकायदाको सदस्यका रुपमा पत्र पठाइएको पहिचान भएको सिन्ह्‍वाले जनाएको छ । ‘उनीहरुले आरोपको खण्डन गरेपनि त्यसलाई प्रमाणित गर्न सकेनन,’ न्यायाधीश नोम पेन्ह म्युनिसिपल अदालतका न्यायाधीश सन विशालले भने ।

वंगलादेशी नागरिक ४२ वर्षीय रफिक इश्लामी र ६२ वर्षीय मिह मोहम्मद एच कविरलाई पनि यही आरोपमा सजाय सुनाइएको छ। उनीहरुले पुनरावेदनका लागि निवेदन दिने बताएका छन् । तीन दिन अघिमात्र अदालमा सुनुवाई हुँदा पौडेल आफूले कुनै अपराध नगरेको दावी गरेका थिए । ‘यी राजदूतावासहरुविरुद्ध मैले कुनै पनि अपराधिक गतिविधि गरेको छैन,’ उनले अदालतमा भनेका थिए, ‘त्यसैले म अदालतलाई मेरो मुद्दा खारेज गरी मेरो मुलुक फर्किन पाउँ भन्ने निवेदन गर्छु ।’

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.