Daily Archives: 16/02/2011

गृहसहित माओवादीलाई ११ मन्त्रालय निश्चीत


जति बिरोध गरेपनि सहमति तोडिन्नः प्रचण्ड

४ फागुन, काठमाडौं । पार्टीका पाँच शीर्ष नेताको बिरोधका बाबजुद एमाले अध्यक्ष झलनाथ खनाल माओवादीलाई गृहसहित ११ मन्त्रालय दिन तयार भएका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालबीच बुधबार विहान बालुवाटारमा भएको भेटमा ११ मन्त्रालय माओवादीले र ८ मन्त्रालय एमालेले लिने सहमति भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कम्वोडियाको अदालतद्वारा नेपालीलाई आतंकवादी ठहर गर्दै जेल चलान


काठमाडौं, फागुन ४ (नागरिक) -कम्बोडियाको एक अदालतले एक नेपाली र दुई वंगलादेशीलाई आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै ८ वर्ष जेल चलान गर्न आदेश दिएको छ । उनीहरुलाई अदालतले आतंकवाद विरुद्धको कानुन अनुसार सजाय तोकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली युवतीको गाडीको ठक्करबाट मृत्‍यु


जय आले, कुवेत

नेपालको धादिङ्ग (सिन्धुपाल्चोक) स्थाई घर भएकी गंगा तामाङ्ग नामकी नेपाली युवतीको आज कुवेतको आदान अस्पतालमा मृत्‍यु भएको छ । उनलाई गत १३ फेब्रुअरी २०११ को दिन, कुवेतको मङ्गाफ एरियामा रोड पार गर्ने क्रममा गाडी ‘हाल्फ लोरी’ले ठक्कर दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रक्तदान – जीवनदान (प्रसङ्ग रगतको)


जय आले, कुवेत

विश्व एक घर र मानव परिवार हो । मानवतामा धर्म, जाति, वर्ग, लिंग आदि कुनैको सीमा हुँदैन । संसारका सबै मानिस एकै हुन् । विश्वको एक कुनाबाट रक्तदान गरेर विश्वको अर्को कुनाका मानिसको जीवन बचाउन सकिन्छ । विश्वका सबै मनुष्यहरु एउटै घरका दाजुभाइ, दिदीबहिनी अर्थात सम्पूर्ण मानव विश्वघरका जहान हुन, एकअर्का प्रतिको सहयोग र सदभावले नै मानव जीवनमा उन्नति सम्भव छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलि आज कुवेत आईपुग्ने


राजु गुरुङ, कुवेत

कुबेतमा आयोजना हुन लागेको एसियाली क्रिकेट परिषद् (एसिसी) महिला टि-ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सहभागि हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोलि आज अपरान्ह ५.३० बजे कुवेत आई पुग्ने भएको छ । कुवेत आउने टोलीमा कप्तान नेरी थापा, उपकप्तान रुविना क्षेत्री, नीरा राजोपाध्याय, मधु थापा, सीता रानामगर, सरिता मगर, मीना गौतम, रश्मी शर्मा, मनिषा रावल, ममता थापा, खिनाकुमारी थापा, जानकी भट्ट, इन्दु वर्मा र करुणा भण्डारी रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ठगी गर्ने ११ म्यानपावर कालो सूचीमा


दोहा, पुस २९ – नेपाली दूतावासले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ११ म्यानपावर कम्पनीलाई कालो सूचीमा राखी कारोबारसमेत रोक्का गरेको छ ।सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा पठाउने, एउटा कम्पनीको भिसामा अर्कै कम्पनीको नक्कली श्रम सम्झौता बनाएर पठाउने, एउटा कामको आश्वासन दिएर अर्कै काममा पठाउने, सरकारलाई अविश्वास गरी नियोगभन्दा बाहिरबाट मागपत्र बनाएको म्यानपावर कम्पनीलाई दूतावासले कालो सूची राखेको हो । पढ्नेक्रम जारी राख्नुहोस्