समोसाभित्र ब्राउन सुगर, कोकभित्र फेन्सिडिल


 खाने बस्तुभित्र लागूपदार्थ राखेर सेवनकर्तालाई उपलब्ध गराउन खोजेको घटना अपत्यारिलो हुन सक्छ । त्यो पनि प्रहरी परिसरमा प्रहरीलाई नै झुक्याएर ।लागूऔषध ओसारपसार अभियोगमा थुनामा रहेका आफ्ना साथीको तलतल मेटाउन सिद्धार्थनगर-१३ निवासी वासुदेव गुरुङले आलु समोसाभित्र लागूऔषध राखेर दिने काइदा अपनाएका हुन् ।प्रहरी परिसरभित्रै गर्न खोजेको उनको यो योजना भने सफलभएन । थुनामा रहेका अभियुक्तलाई कसैले पनि खानेकुरा दिँदा पहिला ल्याइदिनेले अलिकता प्रहरीकै सामु खाएर मात्रै दिने प्रचलन छ । उनले पनि त्यस्तै गर्नुपर्ने भयो । प्रहरी सामुन्ने समोसाको अलिकता टुक्रा खानका निम्ती टुक्राउन खोज्दा समोसाभित्रबाट भुइँमा खसेको ब्राउन सुगरको पुडियामा प्रहरीको आँखा परिहाल्यो ।’पहिला सँगै थुनामा रहेका बेला साथीले पठाइदिन भनेकाले भारतको सुनौली बजारमा खरिद गरी उनीहरूलाई दिन त्यसो गरेको हुँ’, सोमबार जिल्ला प्रहरी कार्यालयमा उनले भने, ‘प्रहरी थुनाभित्र रहेकालाई उपलब्ध गराउने यो नै सजिलो योजना थियो ।’ अझ अचम्मको कुरो त, आइतबार पक्राउ परेका गुरुङ गत कात्तिक २७ गते स्पास्मो नाइट्रोसन नामको लागूऔषधसहित पक्राउ परी माघ २५ गते मात्रै अदालतबाट २ हजार धरौटीमा छुटेका हुन् ।

‘जिल्लामा लागूऔषध सेवन र कारोबार भयावह छ’, रुपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले भने, ‘स-साना बालबालिकादेखि प्रौढ उमेरका व्यक्ति पनि यसको सेवन र कारोबारमा संलग्न भएको देखिन्छ ।’ उनका अनुसार निजी विद्यालाय र कलेज तहमा अध्ययनरत विद्यार्थीसमेत यसमा संलग्न छन् । सेवनकर्ता र ओसारपसार गर्नेलाई पक्राउ गरी कारबाही गरेर मात्रै समस्या समाधान हुन नसक्ने बस्नेतको तर्क छ ।

 जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हाल थुनामा रहेका ५१ जना अभियुक्तमध्ये एक महिलासहित ४६ जना लागूऔषधका छन् । यसैगरी यही अभियोगमा दर्जनौं मुद्दा अदालतमा छन् । अभियुक्तमध्ये अधिकांश विद्यार्थी र युवा छन् ।

नगरपालिकासँग जोडिएको सीमावर्ती भारतको सुनौली र केही परको नौतनवा बजारमा ब्राउन सुगर सहजै उपलब्ध हुनु र नेपालमा प्रतिबन्धित फेन्सिडेल, स्पास्मो, नाइट्रोसन, टिडीजेसीकलगायत प्रतिबन्धित औषधि खुलेआम पाइनुले भैरहवा, बुटवल र ग्रामीण क्षेत्रका युवा दुव्र्यसनमा फस्दै जान थालेका हुन् । पछिल्लो समयमा यसको सेवन र कारोबारमा युवती र महिलाको समेत संख्या बढ्दो छ ।

सुनौलीमा सामान खरिदका निम्ति जाने नेपाली उपभोक्ताको अत्यधिक भीडका कारण लागूऔषध कारोबार गर्नेवालाले पनि फाइदा उठाउने गरेका छन् । सुनौली नाका नेपालकै सबैभन्दा धेरै लागूऔषध भित्रिने नाकाको रूपमा परिचित छ ।

यसैगरी बसमा चेक जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखेको चार बोतल जम्बो कोकको बोतलभित्र फेन्सिडिल राखेर ल्याएको आरोपमा सिद्धार्थनगर ४, एयरपोर्टकी भोला मुशसवान काखे बालकसहित प्रहरी थुनामा छिन् ।

Posted By: Dambar Prasad Rimal                            Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.