सङ्घर्षमा कलम वर्ष सम्मान २०६६ घोषणा


‘ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा पुरस्कार’ दुर्गाबहादुर शाह ‘बाबा’ लाई

सङ्घर्षमा कलम सम्वाददाता, पोखरा,  ३ फागुन । सङ्घर्षमा कलम साहित्य समाज पोखराले वार्षिक रुपमा गर्दै आएको सम्मान ‘सङ्घर्षमा कलम वर्ष सम्मान २०६६’ र यो वर्षबाट थप गरिएको ‘ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा पुरस्कार’ वर्ष २०६६ मङ्गलबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।

सङ्घर्षमा कलम वर्ष सम्मान २०६६ अन्तरगत सामाजिक सेवा सम्मान र राष्ट्रिय सेवा सम्मानबाट दुई जनालाई सम्मान गरिने भएको छ । भने ऋषिराम रानाभाट वर्ष सम्मान तथा प्रतिभा पुरस्कार २०६६ बाट यो वर्ष साहित्य विधातर्फ ‘दुई हरफ’ कविता सङ्ग्रहका सर्जक दुर्गाबहादुर शाह ‘बाबा’ लाई प्रदान गरिने भएको छ ।

हरेक वर्ष विभिन्न क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तिलाई प्रदान गरिने वर्ष सम्मान अन्तरगत ‘सामाजिक सेवा सम्मान’ र ‘राष्ट्रिय सेवा सम्मान’ गरी दुई विद्या छुट्टयाईएको छ ।

सामाजिक सेवा सम्मानबाट कास्की जिल्लाको ढिकुरपोखरी गाविस ७ का दिपक लामिछानेलाई सम्मान गरिने भएको छ। भने राष्ट्रिय सेवा सम्मानबाट राष्ट्रको लागि अतुलनीय योगदान पु¥याएको भन्दै कास्की भलाममा गीता रानाभाटलाई सम्मान गरिने भएको हो । सम्मानित व्यक्तित्व पौडेल लामो समयदेखी गाउँ समाजमा सामाजिक कार्यका साथै मजदुर हकहितका कार्यमा क्रियाशील रहनु भएको छ । रानाभाट अहिले प्रहरी नायव निरीक्षकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरुलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र समाजको आजिवन सदस्यता प्रदान गरेर सम्मान गरिने भएको छ।

यो वर्षबाट वितरण गरिएको ऋषिराम रानाभाट वर्ष सम्मान तथा प्रतिभा पुरस्कारको ’boutमा उहाँका भाइ असफल गौतमले जानकारी गराएका थिए । स्याङ्जाको ठूलाडिहीमा स्व. माता दानमाया रानाभाट र पिता निलबहादुर राईभाटका कोखबाट जन्मेका साइला छोरा ऋषिराम रानाभाट जसको २०५७ सालको श्रावणमा असामयिक निधन भएको थियो ।

उनी मेधावी विद्यार्थी र बहुमुखी प्रतिभाका धनि थिए । उनी बाँचेको समयसम्म स्कुलमा सधै प्रथम, सहभागीता जनाएका हरेक कार्यक्रममा प्रथम हुने गर्थे । दुई दर्जन जती प्रमाणपत्र प्रथम स्थानका मात्र रहेका र सात कक्षामा अध्ययनरत रहदा ‘स्याङ्जा जिल्ला टप उत्कृष्ट विद्यार्थी’ हुन सफल भएको कुरा वितरीत विज्ञप्तिमा उल्लेख छ ।

यस्ता विद्यार्थीलाई विद्यालयले कुनै चासो नदेखाएको । स्वर्ण महोत्सवमा निजका परिवारलाई नसम्झेको । विद्यालयमा अक्षयकोष स्थापना गर्ने मनसायले पुग्दा राम्रो व्यवहार विद्यालयले नदेखाएको कारण पोखरामा स्थापना र वितरण गर्नुपरेको भनेर कुरा प्रष्टयाईएको छ ।

उक्त सम्मान तथा पुरस्कारको राशी सम्मान पत्र, दोसल्ला, मायाको चिनो र नगद दुई हजार एक सय एक रहेको छ । उहाँको प्रतिभाको सच्चा सम्मान र कदरका लागि हाल पोखरामा साहित्य, सिर्जना र सञ्चार क्षेत्रमा क्रियाशील उहाँका भाइ असफल गौतमले सम्मान तथा उक्त पुरस्कारको स्थापना गर्नुभएको हो । यो सम्मान पनि सङ्घर्षमा कलम साहित्य समाजको वार्षिक सम्मान कार्यक्रमको अवसरमा सँगसँगै वितरण गरिने भएको छ ।

थप जानकारीका लागि असफल गौतम -९८५६०३१२२८

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.