रेड लाइट एरिया चाहिन्छ तर …


१४ वर्षअघि नयाँ बानेश्वरको स्ट्यान्डर्ड चार्डट बैंकअगाडि सडक पेटीमा एउटी किशोरी फुटपाथमा केही खाइरहेकी थिइन्। बुद्ध एयरका चिफ  इन्जिनियर मोहनबहादुर थापा कामका सिलसिलामा बैंक आएका थिए। एउटी किशोरी फुटपाथमा बसेको देखेर उनलाई दया लाग्यो। दोस्रो दिन  पनि ती किशोरी त्यही फुटपाथमा थिइन्। थापाले ती किशोरीसँग कुरा गर्न खोजे, तर उसले कुरा गर्न चाहिन। तेस्रो दिन उनी श्रीमतीसहित  बानेश्वर पुगेर ती किशोरीलाई फकाई-फुल्याई घर ल्याए। काभ्रेबाट एसएलसी दिएर कामको खोजीमा भौतारिने क्रममा ती किशोरीले बाने श्वरको फुटपाथलाई आफ्नो घर बनाएकी थिइन्। क्याम्पस पढ्ने र भविष्यमा गायिका बन्ने योजना सुनेपछि थापा दम्पतीले उनलाई संगीत  विषयमा पद्मकन्या क्याम्पस भर्ना गरिदिए। अहिले ती किशोरी बहुचर्चित रक्षा नेपाल नामक संस्थाकी अध्यक्ष भएकी छिन्। समाजशास्त्र र  कानुनमा स्नातकोत्तर गरिरहेकी रक्षाले विदेशमा पुगेर पनि समाजशास्त्रको अध्ययन गरेकी छिन्। हिजो अरूद्वारा उद्धार भएकी मेनुका थापा  अहिले काठमाडौंका मसाज, डान्सवार एवं दोहोरी रेस्टुराँमा काम गर्ने युवतीहरूको उद्धार गर्दै हिँड्छिन्। अहिले रक्षा नेपालमा कुनै न कुनै रू पमा यौनशोषणको सिकार भएका करिब ३ हजार डान्सर, मजासकर्मी एवं रेस्टुराँकर्मी सदस्य छन्। उनीहरूले करिब १ करोड रुपैयाँ चुक्ता  पुँजी भएको सहकारी खोलेका छन्। ३ सयभन्दा बढी युवतीलाई यौनजन्य व्यवसायबाट अन्य पेसामा रुपान्तरित गरेका छन्। दुईवटा ठूला  विद्यालय खोलेका छन्, जहाँ करिब ५ सय युवती अध्ययन गरिरहेका छन्।

हिजो तपाईं फुटपाथमा हुनुहुन्थ्यो, हजारौं मानिस गाडीमा ओहोर-दोहोर गर्थे, अहिले तपाईं गाडीमा ओहोर-दोहोर गर्नुहुन्छ, कस्तो लाग्छ ?

हिजो जीवनको लक्ष्य कसरी काठमाडौंमा ओत लाग्न सकिन्छ, कसरी पढ्न सकिन्छ भन्ने थियो । मलाई गाडीमा को हिँड्छ, केका लागि हिँड्छ  मतलब हुँदैनथ्यो । त्यसबेला मसँग सानो रेडियो थियो । रेडियोमा विभिन्न संस्थाका स्लोगन बज्थे । म दिनभरि ती संस्था जान्थें र मलाई  सहारा दिन अनुरोध गर्थें । साँझ बानेश्वरको फुटपाथमा र्फकन्थें, जे पाइन्छ, त्यही खान्थें । म आफ्नो संसारमा थिएँ, बाहिरी संसारसँग सरो कार थिएन ।

१५-१६ वर्षकी किशोरी फुटपाथमा बस्न-सुत्न डर लाग्दैनथ्यो ?

अहिले मेरो परिचय छ । देशका प्रहरी-प्रशासन सबैमा पहुँच छ, तर मेरो मसाजमा, रेस्टुराँमा काम गर्ने केटी भड्काउँछेस्, तूलाई सिध्याइदिऊँ ? भन्ने धम्की आउँछ । हिजो परिचय थिएन, इज्जत के हो थाहा थिएन, त्यसैले डर पनि थिएन । लाग्छ, अहिलेसम्म कुनै अदृश्य शक्तिले मेरो  हेरचाह गरिरहेको छ ।

फुटपाथमा बसेर धेरै संस्थासँग सहयोग माग्नुभयो, के प्रतिक्रिया पाउनुभयो ?

म काभ्रेबाट एसएलसी दिएर आएकी केटी हुँ । म गायिका बन्न चाहन्छु । मेरो कोही सहारा छैन भनेर बेलिविस्तार लगाउँथे । उनीहरूमध्ये  केहीले भन्थे, नानी दुःख त पाएकी रहेछौ, तर हाम्रो काम एड्स लागेकाहरूलाई मात्र सहारा दिने हो । कोही १२ वर्षमुनिका अनाथलाई मात्र  हेछर्यौ भन्थे । कोही भन्थे, बलात्कृत वा बेचिएका माहिलालाई मात्र राख्न सक्छौ । त्यसबेला मलाई थाहा भयो, रेडियोमा जतिसुकै मीठो नारा  दिए पनि सहारा पाउन कि त बलात्कृत हुनुपर्ने रहेछ, कि त अनाथ भएको प्रमाणपत्र बोकेर हिँड्नुपर्ने रहेछ, कि त बेचिएको हुनुपर्ने रहेछ ।  महिनौं त्यस्ता संस्थाको पडाडि दौडूदा मलाई ती संस्थाहरूप्रति नै घृणा पैदा भयो । त्यति मात्र होइन, जसले मलाई सहारा दिन खोज्थ्यो, उहाँहरूसँग पनि म भागी-भागी हिँड्थें । ’cause रेडियोले अपरिचित व्यक्तिले युवतीलाई फकाएर बेच्न लान सक्छन् भनेर फुकिरहन्थ्यो । मेरो  बालमस्तिष्कले कसैलाई पनि विश्वास गर्न सक्दैनथ्यो । थापा अंकल (मोहनबहादुर थापा) ले आफ्नी श्रीमती लिएर आएपछि मात्र म उहाँसँग  जान राजी भएकी थिएँ ।

हिजो आफूलाई सहारा नदिएकोमा एनजीओलाई घृणा गर्नुहुन्थ्यो, आज आफैं एनजीओ खोल्नुभएको छ, अरू र तपाईंमा के फरक भयो ?

देख्दा फरक छैन, तर काम गर्ने शैली फरक छ । आज म जसका लागि काम गरिरहेकी छु, त्यो मैले पनि भोगेको पीडा हो । मैले वर्षौंदेखि  दोहोरी, डान्स, क्याबिन र मसाजमा काम गर्ने दिदी-बहिनीसँग बिताएको छु । अरू संस्थामा पहिले योजना बन्छ, अनि बल्ल प्रभावित क्षेत्रमा  गएर काम गरिन्छ । महिला बेचबिखनमा काम गर्नेहरू बेचिएका छैनन् । एचआईभी संक्रमितमा काम गर्नेहरू संक्रमित छैनन् । जबकि म  दोहोरी रेस्टुराँमा गायिका हुँदै त्यसको पीडा महसुस गर्दै यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

योजनाबद्ध रूपमा यो क्षेत्रमा प्रवेश गर्नुभएको हो ?

झट्ट सुन्दा त्यस्तो लाग्न सक्छ, तर मलाई जसले उद्धार गर्नुभयो, उहाँहरूले मेरो इच्छाअनुसार नै संगीत विषय राखेर पद्मकन्या कलेजमा  भर्ना गरिदिनुभयो । आई.ए. उत्तीर्ण गरेपछि मलाई लाग्यो, यसरी अरूको बोझ बन्नु हुँदैन । आफैं काम गर्नुपर्छ । एक दिन कलेजको आन्तरिक  प्रतियोगितामा एक जना रेस्टुराँ सञ्चालकले मेरो स्वर सुन्नुभएछ । उहाँले मलाई आफ्नो रेस्टुराँमा गायिका बन्ने अफर गर्नुभयो । त्यसबेला  रेस्टुराँमा गायिका बनेर जाँदा मैले नयाँ क्षितिजमा प्रवेश गर्दैछु भन्ने कल्पना पनि गरेकी थिइनँ । आफ्नो खुट्टामा उभिने र अलिकति पैसा  बचाएर एल्बम निकाल्ने सपना बोकेर गाउन थालेकी थिएँ ।

कुन बेला तपाईंभित्रको गायिकाको मृत्यु भयो ?

२०५७ सालको चैत महिनामा । भयो के भने एउटा ग्राहकसँग रक्सीले टिल्ल भएकी युवती हाम्रो दोहोरीमा छिरिन् । दोहोरी चलिरहेकै बेला ती  ग्राहकले युवतीलाई थप पेग पिलाए । जब उनी हिँड्न नसक्ने भइन्, ती ग्राहकले उनलाई त्यहीू छाडेर हिँडे । पहिले मैले सोचेकी थिएँ, क्या  आधुनिक जोडी रहेछन् । पछि थाहा भयो, ती ग्राहकले उनलाई भाडामा लिएर आएका रहेछन् । धेरै रक्सी लागेपछि उनले युवतीलाई त्यहीं  छाडेका रहेछन् । दोहोरीका सबै स्टाफ र मालिकले उसलाई भालु भनेर गाली गरे । मैले चाहिँ उनलाई कागती-पानी पिलाएँ । ट्याक्सीमा  उनको डेरा पुर्‍याएँ । बाटोभरि मलाई लाग्यो, काठमाडौंमा यस्ता सयौं युवती रातभरि यस्तै बिजोग सहेर जीवन बिताउँदैछन् । उनीहरूका  लागि काम गर्ने कुनै संस्था रहेनछ । ग्राहकले भाडामा ल्याएपछि हामीलाई सुरक्षित गन्तव्यमा पुर्‍याउनुपर्छ भन्ने ज्ञान पनि रहेनछ । त्यस दिन  मैले फुटपाथमा सहाराविहीन भएर महिनौं गुजारेको सम्झिएँ । त्यसैबेला मभित्रको गायिका मरी ।

अनि समाजसेवी मेनुका थापाको जन्म भयो, हो ?

त्यसबेला मलाई लाग्थ्यो, समाजसेवा भनेको पैसा कमाएपछि गरिने काम हो । मसँग पैसा थिएन, तर मैले के गरें भने ती बहिनीलाई कलेजमा  बोलाएँ । उनको कथा सुनें । उनी क्याबिनमा काम गर्ने निरक्षर युवती थिइन् । त्यसपछि उनीजस्ता निरक्षर क्याबिन गर्ललाई महिनाको दुई- चार हजार खर्च गरेर पढाउँछु भन्ने निर्णय गरें । दैनिक म जति टिप्स पाउँछु त्यो पैसा एल्बम निकाल्न होइन, कापी र डट किन्न खर्च गर्न  थालें । उनकै सहारामा काठमाडौंका सबैजसो क्याबिनमा पुगें । त्यहाँभित्र हुने सबै गतिविधि नियाँले । म एक्ली दोहोरी गायिकाले उनीहरू  सबैको व्यथा मेट्न सक्दिनथेँ, तर उनीहरूलाई शिक्षित तुल्याउन सक्थें । उनीहरूलाई आफ्नो अधिकार के हो भनेर बुझाउन सक्थे । मसँग  हेर्दा-हेर्दै दैनिक २०-२५ जना पढ्न आउन थाले । ३ कक्षाभन्दा माथि पढेकाहरूलाई भनसुन गरेर विद्यालय पढाउन थालें । अक्षर नचिन्नेहरू लाई लेख्न र पढ्न सक्ने बनाएँ ।

संस्थाको गतिविधिचाहिँ कसरी सुरु भयो ?

संस्था दर्ता गरौंला, यो संस्थाले यति धेरै प्रगति गर्ला भन्ने त कल्पनै थिएन । मसँग पढ्ने दिदी-बहिनी धेरै हुन थालेपछि कलेजका साथीहरूले  समाजसेवी भनेर खिसी गर्न थाले । यत्रो समाजसेवा गर्ने मान्छेले एउटा कोठा पनि लिन नसक्ने कलेजकै चौरीमा पढाउने भनेर गिज्याउन  थाले । संस्था दर्ता गर्न र त्यसलाई सञ्चालन गर्न राम्रै पैसा चाहिन्थ्यो । मैले मसँग पढ्न आउने दिदी-बहिनीहरूसँग सल्लाह गरें । सबैले  संस्था चाहिने कुरा बताए । २०६० सालमा संस्था दर्ता गर्न जाँदा सहायक सिडियोले नै ५० हजारको चेक काटेर दिनुभयो । चिनेजानेकाहरूले  पनि सहयोग गर्न थाले । त्यसपछि त धमाधम काम हुन थाल्यो ।

रक्षा नेपाल सुरु भएको भर्खर सात वर्ष पुगेछ, चर्चा ठूलो छ, यो आवश्यकताभन्दा बढी भएन ?

कहिलेकाहीं आवश्यकताभन्दा बढी चर्चा भएजस्तो लाग्छ । यसको चर्चा बढी हुनुको मुख्य कारण यसले काम गर्ने क्षेत्र हो । दैनिकजसो ठमेल  क्षेत्रमा प्रहरीले युवतीलाई पक्रेर थुन्छ । हामी छुटाउन जान्छौं । हाम्रो तर्क के हो भने महिला एक्लैले शारीरिक सम्बन्ध हुँदैन, त्यसका लागि  पुरुष पनि चाहिन्छ, तर पुरुष पक्राउ नपर्ने, महिलालाई मात्र दुःख दिने काम ठीक होइन । हाम्रा संस्थामा आएका कतिपय दिदी-बहिनीले मिस  नेपालले अनुहार बेच्न हुने, हामीले शरीर बेच्न नहुने भन्न थाले । मिडियाका लागि यस्तो समाचार हट हुन्छ । मसाज तथा यस किसिमका  रेस्टुराँको कमाइ गृहमन्त्रालयसम्म पुग्छ । रक्षा नेपालका कारण यस्ता कुरा बाहिर आउन थाले । फलस्वरूप विभिन्न स्थानबाट धम्की र दबाब  आउन थाल्यो । यो कुरा बाहिर आएपछि यसको चर्चा चलेको हो ।

कहिलेकाहीं पद र पैसा भएका व्यक्तिसँग जोरी खोज्दैछु भनेर डर लाग्दैन ?

लाग्दैन, ’cause मैले गलत गरेको छैन । हिजो म एक्ली थिएँ तर अहिले त ३ हजार महिलालाई गोलब्ान्द गराएकी छु । तपाईंजस्ता मिडिया  पर्सनहरूले मलाई नजिकबाट नियालिरहनुभएको छ । बरु मलाई यस्ता चुनौतीसँग खेल्न पाएकोमा रमाइलो लागिरहेको छ ।

तपाईंका कारण डान्सबार र मसाज व्यवसाय अप्ठारोमा परे भन्ने आरोप पनि लाग्न थालेको छ, के भन्नुहुन्छ ?

तपाईं पत्रिकामा लेख्नुहुन्छ भने मात्रै पत्रकार, पत्रकारका नाममा अर्कै काम गर्नुहुन्छ भने कसरी पत्रकार ? बाहिर मसाज सेन्टर लेख्ने, भित्र  यौन व्यवसाय चलाउनेले सजाय त भोग्नैपर्छ नि । आखिर महिलाद्वारा व्यवसाय चलिरहेको छ भने हाकाहाकी यौनशाला भनिदिए हुन्थ्यो नि,  किन मसाज सेन्टर लेख्ने ? पत्रिकामा यथार्थ कुरा आउनेबित्तिकै राम्रा समाज सेन्टरलाई पनि असर पर्‍यो । मेरो भनाइ तपाईं जे गर्नुहुन्छ,  त्यही भन्नुहोस् । बोर्डमा एक थोक लेख्ने र भित्र अर्को थोक गराउने काम नगर्नुहोस् । मेरा कारणले पारदर्शी काम गर्नेहरू खुसी भएका छन् ।  जसले मसाजका नाममा यौन व्यवशाय चलाइरहेका छन्, उनीहरूलाई असर परेको छ ।

तपाईंलाई थाहा छ, हजारौं महिला यौन व्यवसाय गरिरहेका छन्, नेपालमा कानुन नभएका कारण विभिन्न नाममा यस्ता व्यवसाय सञ्चालन  गर्नुपर्ने बाध्यता छ, अब रेडलाइट एरियाको आवश्यकता महसुस भएको छैन ?

केही समयअघि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले पनि यस्तो समस्या उठाउनुभएको  थियो । मेरो भनाइ के हो भने महिला बिना रेडलाइट  एरिया चल्दैन । जसका कारण यो व्यवसाय चल्छ, उनीहरू रेडलाइट एरिया चाहन्छन् कि चाहँदैनन् ? यो कुरा उनीहरूसँग सोध्नुपर्छ कि पर्दैन  ? प्रशासनले वा कुनै ग्राहकले यो कुरा उठाएर हुन्छ ?

तपाईं त उनीहरूको संगतमा हुनुहुन्छ, के भन्छन् उनीहरू ?

९० प्र्रतिशत दिदी-बहिनी बाध्यताले यो पेसा अपनाइरहेका छन् । उनीहरूलाई विकल्प दिने हो भने तुरुन्तै यो पेसा छाड्छन् । सरकारले  उनीहरूलाई विकल्प दिने कि रेडलाइट एरिया खोल्ने ? बाँकी रह्यो, १० प्रतिशत महिलाको कुरा, उनीहरूका लागि छुट्टै रेडलाइट एरिया छुट्याउनुपर्छ भन्ने छैन ।

वीर अस्पतालदेखि ठमेलसम्म राति जुन बजार लाग्छ, त्यसलाई त्यसै छाडिदिने ?

उनीहरू रत्नपार्कसम्म कसरी पुग्छन्, त्यो पनि अध्ययन गर्नुपर्छ । जुन युवती १४ वर्षको उमेरमा मसाज छिर्छे, ऊ २० वर्ष नहुँदै त्यस्ता  स्थानमा ग्राहकलाई खुसी पार्न नसक्ने हुन्छे । त्यसपछि उसको विकल्प सडक हुन पुग्छ । उसले सडकबाटै ग्राहक आकषिर्त गर्नुपर्ने बाध्यता  हुन्छ । ’cause उसका एक-दुई बिना बुवाका सन्तान पनि भैसक्छन् । यदि उनीहरूलाई पुनस्र्थापना गर्ने हो भने यो समस्या स्वतः समाधान  हुन्छ ।

यौन व्यवसायबाट जति आम्दानी हुन्छ, त्यो पुनस्र्थापनामा सम्भव छैन । उनीहरूले शरीर बेचेरै भए पनि सन्तानलाई महँगो स्कुलमा पढाइरहेका छन् । उनीहरूको जीवनशैली पनि उच्च छ । यस्तो अवस्थामा पुनस्र्थापनाबाट यो समस्या समाधान होला ?

१० प्रतिशतलाई मात्र पैसाको नशा लागेको छ, ’cause उनीहरू रक्सीजन्य पदार्थका कारण पनि यो पेसाबाट विमुख हुन चाहँदैनन्, तर धेरै जसो र्फकन्छन् । सबै मिले भने यो सम्भव छ ।

पीडित महिलाका लागि भनेर लागिरहनुभएको छ, कहिलेकाहीं मेरो उमेर ढल्किएला, विवाह नहोला भन्ने चिन्ता लाग्दैन ?

लाग्दैन, एक प्रकारले भन्ने हो भने मेरो जीवनको रस नै उनीहरूको उद्धारमा बस्न थालेको छ । बरु मेरो जीवनशैलीले विवाहित जीवन पो  प्रभावित हुन्छ कि भन्ने लाग्छ (लामो हाँसो) ।

Posted By: D.P.Rimal                    Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.