महराको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने निर्णय


सात बुँदे सहमतिको एमाले भित्रै विरोध भइरहेका बेला तत्काल सरकारमा जान हतार गर्न नहुने: उपाध्यक्ष भट्टराई

३ फागुन, दैनिकी, काठमाडौं । एकीकृत नेकपा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार विहान नयाँबजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबासमा बसेको पदाधिकारीको बैठकले सात बुँदे सहमतिलाई कार्यान्वयन गर्दै महराको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । माओवादीका एक केन्द्रिय नेताका अनुसार माओवादीले गृह, परराष्ट्र, स्थानीय विकास लगायतका मन्त्रालय पाउने बुझिएकोछ । माओवादी सरकारमा सहभागी हुने भएपछि केही दिन भित्रै मन्त्रिपरिषद विस्तार हुने सम्भावना बढेको छ ।

बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकले मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले सात बुँदे सहमति कार्यान्वयनमा ढिलाई हुनु दुःखको कुरा भएको र मन्त्रिपरिषद छिटो विस्तार गर्न आजै प्रधानमन्त्रीसँग छलफलसमेत गर्ने जानकारी दिनुभयो ।

स्रोतका अनुसार माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा सहभागिताका लागि हतार गर्न नहुने बताउनु भएको छ । पदाधिकारी बैठकमा उपाध्यक्ष भट्टराईले सात बुँदे सहमतिको एमाले भित्रै विरोध भइरहेकोले तत्काल सरकारमा जाने निर्णय गर्न नहुने सुझाव दिनु भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.