भ्यालेन्टाइन डेमा गेष्टहाउसबाट दर्जनौं नग्न जोडी पक्राउ


फागुन, काठमाण्डौ । भ्यालेन्टाइन मनाउने बहानामा यौन क्रियाकलाप गरिरहेको अबस्थामा काठमाडौंका गेष्ट हाउस तथा होटलबाट दर्जनौं जोडी पक्राउ परेका छन् । काठमाडौको कलंकी आसपासका विभिन्न होटल तथा गेष्ट हाउसमा सोमबारराती प्रहरीले छापा मार्दा थुप्रै जोडी आपत्तिजनक अबस्थामा पक्राउ परेका छन् । कालिमाटी र कलंकीबाट खटिएको प्रहरी टोलीले कंलकी क्षेत्रका आधा दर्जनभन्दा गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । कलंकीका धौलागिरी गेष्ट हाउस, अर्घाखाँची गेष्ट हाउस, लक्ष्मी गेष्ट हाउस, लाली गुराँस गेष्ट हाउस, काठमाण्डौ गेष्ट हाउस, सरिना गेष्ट हाउस र नवलपरासी गेष्ट हाउसमा यौनसम्र्पक गरिरहेको अबस्थामा त्यस्ता जोडीहरु फेला परेका हुन् । पक्राउ पर्नेमध्ये अधिकाशंले होटलमा श्रीमान् श्रीमतीको सम्बन्धको हवला दिदै नाम दर्ता गराएका थिए । भ्यालेन्टाईन डे मनाउने भन्दै होटलमा वस्न आएका अविवाहित जोडीलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक पुष्प लामिछानेले जानकारी दिनुभयो । प्रहरीले गेष्टहाउसमा छापा मार्दा सवैजसो आपित्तजनक अवस्थामा भेटिएका थिए ।

अर्धनग्न भेटिने युवतीहरु काठमाण्डौंका प्लस टु र क्याम्पसमा अध्ययनरत पाइएका छन् भने कतिपय एसएलसी परिक्षा दिने तयारीमा । प्रहरीसँगको बयानमा उनीहरुले आफुहरु भ्यालेन्टाइन डे मनाउन मात्र गेष्टहाउसमा आएको बताएका छन् । कतिपय कोठामा यौनलीलामा संलग्न जोडीहरु प्रहरी आएको सुइँको पाएपछि फुकालेका कपडा होटलमै छाडी भागेका थिए । छापा मार्ने क्रममा प्रहरीले थुप्रै प्याकेट कण्डम, पैसा, मोवाइल, भित्री बस्त्र फेला पारेको थियो । पक्राउ परेकामध्ये ६ जनालाई कालीमाटी प्रहरी बृत्तमा राखिएको लामिछानेले जानकारी दिनुभयो । यस्तै प्रहरीले सार्बजनिकस्थलमा आपत्तिजनक अबस्थामा भेटिएको भन्दै ५३ जोडीलाई कारवाही गरेको छ ।

भ्यालेन्टाइन डेका अबसरमा पशुपति क्षेत्रका जंगल, देवालय र खोंचहरुमा भेटिएका त्यस्ता जोडीलाई प्रहरी टोलीले सचेत गराउनुका साथै प्रति जोडी दुई सय रुपैयाँका दरले जरिवाना गराइएको थियो । अंगालो बाँधेर बसेको, चुम्बन गरिरहेको र यौनजन्य गतिबिधिमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको पशुपति क्षेत्र बिकाश कोषले जनाएको छ । श्रीमान् श्रीमति भएको दावी गर्ने कतिपय जोडीलाई भने प्रहरीले पहिलोपटक भन्दै माफी मगाएर छाडेको थियो ।

Posted By : Narayan Nepal                                             Source : onlinekhabar

One response to “भ्यालेन्टाइन डेमा गेष्टहाउसबाट दर्जनौं नग्न जोडी पक्राउ

  1. thnx bro for info.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.