ब्रायन एडम्सलाई नेपालमा कडा सुरक्षा


विश्व चर्चित रक गायक ब्रायन एडम्सको सुरक्षाका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौंले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जेपीआर इभेन्ट प्रालिको आयोजनामा यही फागुन ७ गते काठमाडौंको दशरथ रंगशालामा ब्रायन एडम्सको कन्सर्ट हुँदैछ । कन्सर्टमा एडम्सको सुरक्षाका लागि प्रत्येक प्याराफिटमा प्रहरी परिचालन गरिने छ । कन्सर्टमा सहभागी हुनेलाई प्रहरीले नै चेकजाँच गर्ने र टिकट नभएका कसैलाई पनि प्रवेश नगराउने प्रहरीले जनाएकोछ । दिइने छैन । कार्यक्रममा पानीका बोतल समेत लैजान नदिने प्रहरीले बताएकोछ ।

प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी कन्सर्टमा मादक पदार्थ सेवन गरेका मानिसलाई प्रवेश नदिने र सादा पोशाकका प्रहरीलाई पनि परिचालन गर्ने बताएकोछ । कन्सर्टस्थलमा सीसीटीभी जडान गर्ने र त्यसको कन्ट्रोल आयुक्तको कार्यालयले गर्नेछ ।

कन्सर्टस्थलमा प्रहरीले मेटल डिटेक्टर, दमकल, एम्बुलेन्स, बम डिस्पोजल टिम खटाउनेछ । रंगशालामा एडम्सको कार्यक्रम सरू हुनु भन्दा दुई घण्टा अघिसम्म नेपाली ब्याण्डले साङ्गीत प्रस्तुत गर्नेछ ।

ब्रायन एडम्सले शनिबार बेलुकी ७ बजेबाट आफ्नो कन्सर्ट सुरू गर्ने छन् भने ९ बजे सकिनेछ । कन्सर्टमा एडम्सले करिव १८ वटा गीत गाउने आयोजकले बताएकोछ । कन्सर्ट झण्डै वीस हजार दर्शकले हेर्ने सक्ने गरी व्यवस्था मिलाईएको छ ।

Posted By: Narayan Nepal                                                 Source : onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.