Daily Archives: 15/02/2011

लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न: मञ्चसम्बद्ध परिषद ताप्लिजोङकै सशक्त सङ्गठन बन्दै


-डीबी आङ्बुङ

ताप्लिजोङ लिम्बुवान, १ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९ मा सम्पन्न भयो । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रायन एडम्सलाई नेपालमा कडा सुरक्षा


विश्व चर्चित रक गायक ब्रायन एडम्सको सुरक्षाका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय काठमाडौंले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जेपीआर इभेन्ट प्रालिको आयोजनामा यही फागुन ७ गते काठमाडौंको दशरथ रंगशालामा ब्रायन एडम्सको कन्सर्ट हुँदैछ । कन्सर्टमा एडम्सको सुरक्षाका लागि प्रत्येक प्याराफिटमा प्रहरी परिचालन गरिने छ । पढ्नेक्रम जारी राख्नुहोस्

भ्यालेन्टाइन डेमा गेष्टहाउसबाट दर्जनौं नग्न जोडी पक्राउ


फागुन, काठमाण्डौ । भ्यालेन्टाइन मनाउने बहानामा यौन क्रियाकलाप गरिरहेको अबस्थामा काठमाडौंका गेष्ट हाउस तथा होटलबाट दर्जनौं जोडी पक्राउ परेका छन् । काठमाडौको कलंकी आसपासका विभिन्न होटल तथा गेष्ट हाउसमा सोमबारराती प्रहरीले छापा मार्दा थुप्रै जोडी आपत्तिजनक अबस्थामा पक्राउ परेका छन् । कालिमाटी र कलंकीबाट खटिएको प्रहरी टोलीले कंलकी क्षेत्रका आधा दर्जनभन्दा गेष्ट हाउसमा छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

फेव्रुअरी २५ मा SDFC कुवेतले अन्तर नेपाली भलिबल प्रतियोगिता राख्ने


जय आले, कुवेत

आदरणीय खेलप्रेमी नेपाली जनसमुदाय, कुवेत ।

यही आगामी २५ फेबुअरी २०११ शुक्रबारको दिन, कुवेतको २०औं राष्ट्रिय स्वतन्त्रता दिवसको सु-अवसरमा उल्लेख्य नेपालीहरु कार्यरत रहेको S.D.F.C काउन्सिल अफ मिनिस्ट्री कुवेतको आयोजना र कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्गज्यूको नेत्रित्वमा कुवेतको जिलिव अल-सुवैखस्थित कम्पनिकै क्याम्प (SDFC CAMP) को भलिबल मैदानमा अन्तर नेपाली खुल्ला भलिबल प्रतीयोगिता हुन गई रहेको सहर्ष जानकारी गराउँदछौं । पढ्नेक्रम जारी राख्नुहोस्

रेड लाइट एरिया चाहिन्छ तर …


१४ वर्षअघि नयाँ बानेश्वरको स्ट्यान्डर्ड चार्डट बैंकअगाडि सडक पेटीमा एउटी किशोरी फुटपाथमा केही खाइरहेकी थिइन्। बुद्ध एयरका चिफ  इन्जिनियर मोहनबहादुर थापा कामका सिलसिलामा बैंक आएका थिए। एउटी किशोरी फुटपाथमा बसेको देखेर उनलाई दया लाग्यो। पढ्नेक्रम जारी राख्नुहोस्

समोसाभित्र ब्राउन सुगर, कोकभित्र फेन्सिडिल


 खाने बस्तुभित्र लागूपदार्थ राखेर सेवनकर्तालाई उपलब्ध गराउन खोजेको घटना अपत्यारिलो हुन सक्छ । त्यो पनि प्रहरी परिसरमा प्रहरीलाई नै झुक्याएर ।लागूऔषध ओसारपसार अभियोगमा थुनामा रहेका आफ्ना साथीको तलतल मेटाउन सिद्धार्थनगर-१३ निवासी वासुदेव गुरुङले आलु समोसाभित्र लागूऔषध राखेर दिने काइदा अपनाएका हुन् ।प्रहरी परिसरभित्रै गर्न खोजेको उनको यो योजना भने पढ्नेक्रम जारी राख्नुहोस्

महराको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने निर्णय


सात बुँदे सहमतिको एमाले भित्रै विरोध भइरहेका बेला तत्काल सरकारमा जान हतार गर्न नहुने: उपाध्यक्ष भट्टराई

३ फागुन, दैनिकी, काठमाडौं । एकीकृत नेकपा माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । मंगलबार विहान नयाँबजारस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबासमा बसेको पदाधिकारीको बैठकले सात बुँदे सहमतिलाई कार्यान्वयन गर्दै महराको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सङ्घर्षमा कलम वर्ष सम्मान २०६६ घोषणा


‘ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा पुरस्कार’ दुर्गाबहादुर शाह ‘बाबा’ लाई

सङ्घर्षमा कलम सम्वाददाता, पोखरा,  ३ फागुन । सङ्घर्षमा कलम साहित्य समाज पोखराले वार्षिक रुपमा गर्दै आएको सम्मान ‘सङ्घर्षमा कलम वर्ष सम्मान २०६६’ र यो वर्षबाट थप गरिएको ‘ऋषिराम रानाभाट प्रतिभा सम्मान तथा पुरस्कार’ वर्ष २०६६ मङ्गलबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्