Daily Archives: 14/02/2011

प्रमद्वारा सबै दललाई सरकारमा आउन आहृवान


काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री झलनाथ खनालले नयाँ सरकार गठनका सन्दर्भमा एनेकपा माओवादीसँग आफ्नो सातबुँदे सहमतिबाहेक अरू कुनै किसिमको सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले सातबुँदे सहमतिको अक्षरशः कार्यान्वयनभन्दा पनि त्यसको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वाधिक आकर्षक महिला पुरुष


  • ‘उमेर पच्पन थिङ्कङि वचपन,’ अभि सुवेदीको सन्दर्भमा कोमल वलीका भनाइ हुन् यी । ‘उमेरले पाको भए पनि सोच भने युवाको छ,’ वलीले आफ्नो भनाइ पुष्टि गर्दै  थपिन्- ‘ऊर्जाशील एवं आकर्षक हुनहुन्छ उहाँ ।’ राष्ट्रपति रामवरण यादव पनि वलीको नजरमा आकर्षक ठहरिए । वलीले भनिन्- ‘आकर्षक त हुनुहुन्छ नै, राष्ट्रका लागि  पनि उहाँको योगदान महत्वपूर्ण छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाह, कुशकुमार जोशी, कमल थापा आकर्षक पुरुषको पंक्तिमा राखिन् उनले । पूर्व मिस नेपाल उषा खड्गीले  पुष्पकमल दाहाल ‘ह्यान्डसम’ लाग्ने बताइन् । ‘ड्रेस सेन्स तथा जुँगाको सेपले प्रचण्ड आकर्षक देखिन्छ,’ उषाले भनिन्-

पढ्नेक्रम जारी राख्नुहोस्

लागूऔषधसहित पक्राउ परे कैदी


फाल्गुन २ – कैदी कहाँ हुन्छ ?  जेलभित्र ! तर एक कैदी सार्वजनिक स्थानमा पक्राउ परे, त्यो पनि लागूऔषध ब्राउनसुगर र २० लाख नगदसहित ।२०६२ देखि कैदमा रहेका लीला भनिने टासी लामा आइतबार सुन्धाराबाट २० लाख रुपैयाँ, १५ ग्राम ब्राउनसुगर र तीनवटा मोबाइलसहित पक्राउ परेका हुन् । उनको साथबाट १५ लाख पर्ने सुनका गरगहना, इलेक्टि्रक टेलिफोन डायरी पनि थियो । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमानले कुवेतमा कमाएको लाखौं कुम्ल्याएर नेपालमा श्रीमती लापत्ता


म्याग्दी । विदेश गएर कमाएको पैसा आफ्नै श्रीमतीका नाममा पठाउँदै हुनुहुन्छ भने होसियार हुनुहोस्, नत्र घरको न घाटको हुनुहोला । तपाईंको वषौंको पसिनाको कमाइ श्रीमतीले एकै दिनमा उडाउन पनि सक्छिन् । यस्तै भएको छ, कुवेतमा कार्यरत म्याग्दीका एक युवालाई । पढ्नेक्रम जारी राख्नुहोस्