प्रमद्वारा सबै दललाई सरकारमा आउन आहृवान


काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री झलनाथ खनालले नयाँ सरकार गठनका सन्दर्भमा एनेकपा माओवादीसँग आफ्नो सातबुँदे सहमतिबाहेक अरू कुनै किसिमको सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले सातबुँदे सहमतिको अक्षरशः कार्यान्वयनभन्दा पनि त्यसको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालद्वारा प्रधानमन्त्री खनाल र मन्त्रिपरिषद्का सदस्यहरूको सम्मानमा आइतबार यहाँ आयोजित बधाई कार्यक्रममा प्रधानमन्त्री खनालले अब चाँडै नै माओवादी पनि सरकारमा सहभागी हुन आउने जानकारीसहित यो स्पष्टीकरण दिनुभएको हो ।

प्रधानमन्त्री खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि नयाँ सरकार गठनको आधार बनेको सातबुँदे सहमतिसम्बन्धी विवाद तथा मन्त्रालयको बाँडफाँटमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको अवस्था छ । यही सन्दर्भमा सातबुँदे सहमतिको अक्षरशः कार्यान्वयन र जेठ १० गतेसम्म पनि शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न नसकिए प्रधानमन्त्री पदबाट हट्नुपर्ने भन्ने सहमति पनि भएको प्रचारका सन्दर्भमा सञ्चारकर्मीहरूले प्र्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री खनालले भन्नुभयो- अरू कुनै सहमति भएको छैन । जहाँसम्म सातबुँदेको कार्यान्वयनको सवाल हो, माओवादीले धेरै दस्तावेज निर्माण गरेको छ, ती सबै अक्षरशः कार्यान्वयन भएका छन् कि छैनन् ? मूल कुरा दस्तावेजको भावना र मर्म अनुसार अगाडि बढ्नुपर्छ । हामी सातबुँदेका कतिपय अस्पष्ट कुराहरूलाई स्पष्ट पार्दै अगाडि बढ्छौँ ।

सातबुँदे सहमतिले वामपन्थी ध्रुवीकरण निर्माण गरेको भन्ने कतिपयलाई लागेको उल्लेख गर्दै प्रधानमन्त्री खनालले भन्नुभयो- वामपन्थी ध्रुवीकरण होइन, हामी लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीचको एकता हुनुपर्छ भन्ने मान्यतामा छौँ ।

प्रधानमन्त्री खनालले करिब सात महिनादेखि सरकार निर्माण हुन नसकेको गतिरोध सातबुँदे सहमतिले अन्त्य गरेको, शान्ति र संविधान निर्माणलाई निकास दिने दिशातिर उन्मुख गराएको अनि फेरि पनि एमालेकै नेतृत्वमा मुलुकलाई अगाडि बढाउने अवसर दिएको बताउनुभयो ।

बधाई समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले यो सरकार बृहत् लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरूको एकताको पक्षमा रहेको बताउनुभयो ।

आˆनो पार्टीले सुरुदेखि नै राष्ट्रिय सहमतिमार्फत शान्ति र संविधान निर्माणको राष्ट्रिय जिम्मेवारी पूरा गरिनुपर्छ भन्दै आएको र आफूले राष्ट्रिय सहमतिको झण्डा काँधमा बोकेर प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उहाँले भन्नुभया- यो सरकार राष्ट्रिय सहमतिउन्मुख सरकार हो । यसले विस्तारै आकार विस्तार गर्दै जानेछ ।

अहिले एमालेको मात्रै मन्त्रिमण्डलजस्तो देखिए पनि चाँडै नै यसमा अनेकौं दलहरू सहभागी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । एनेकपा माओवादी निश्चित रूपले सरकारमा आउने बताउादै प्रधानमन्त्री खनालले साझा न्यूनतम कार्यक्रमको आधारमा एकताबद्ध भएर शान्ति र संविधान निर्माणमा केन्दि्रत भएर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसलगायत सबै दललाई सरकारमा आउन आहृवान गर्नुभयो ।

सरकार शान्ति र संविधान निर्माणमा केन्दि्रत भएर, त्यसका आधार बनाउनका लागि त्याग तपस्या गर्न तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुयो- विचारका आधारमा जो जता फर्के पनि शान्ति र संविधान साझा जिम्मेवारी हुन्, यी काम सम्पन्न गर्न दृढतासाथ अघि बढेका छौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी, बिनाविभागीयमन्त्री गङ्गालाल तुलाधरसहित बधाई समारोहमा उपस्थित प्रधानमन्त्री खनालले यो सरकार प्रेसको व्यावसायिक हित र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्रको पत्रकारिता बढी जनमुखी र व्यावसायिक हुनुपर्ने चाहना व्यक्त गर्दै सञ्चारजगत्लाई अझै मर्यादित र जिम्मेवारीपूर्ण बनाउन सरकारले सहयोग गर्ने बताउनुभयो । सङ्क्रमणकाललाई व्यवस्थित रूपमा पार लगाउन सरकार, राजनीतिक शक्तिहरू र प्रेसबीच सहयोगी र सहकार्यको भावना हुनुपर्ने आग्रह प्रधानमन्त्रीको छ ।

प्रेस चौतारी नेपालका महासचिव विष्णु रिजालले सञ्चालन गर्नुभएको बधाई कार्यक्रममा चौतारीका अध्यक्ष गगन विष्टले नेपाली सञ्चार क्षेत्रका समस्या सम्बोधन गर्न, स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न सक्ने वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने माग गर्नुभएको थियो ।

Posted by: Jay Ale                      Source: Gorkhapatra

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.