नेपाल र ओलीद्वारा खनालसँग बदला/मन्त्री पौडेल राजीनामाको मनस्थितिमा


नेपाल समाचारपत्र, (काठमाडौं), गृह मन्त्रालय माओवादीलाई दिने वा नदिने विषयमा प्रधानमन्त्री झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा केपी ओलीबीच तीव्र विवाद भएको छ। विवादका कारण मन्त्रीमा नियुक्त भएको केही दिनमा नै मन्त्री विष्णु पौडेल राजीनामाको मानसिकतामा पुग्नुभएको छ।

प्रधानमन्त्री खनाल माओवादीलाई गृह मन्त्रालय दिएर भए पनि मन्त्रिपरिषद् विस्तारमा लाग्न खोजि रहनु भएको छ भने नेताद्वय नेपाल र ओलीले पार्टी अध्यक्ष खनालले गलत कदम उठाएमा असहयोग गर्ने चेतावनी दिनुभएको छ। एउटा मन्त्रालयका कारण पूरै प्रक्रियालाई अवरुद्ध गर्न नहुने पक्षमा प्रधानमन्त्री देखिएपछि नेता ओलीनिकट मानिने मन्त्री पौडेल राजीनामाको तयारीमा जुट्नुभएको हो।

एमाले नेताहरुका अनुसार प्रधानमन्त्री खनालले गृह मन्त्रालय माओवादीलाई दिने निर्णय गरेमा मन्त्री पौडेलले तत्काल राजीनामा दिनुहुनेछ भने त्यसपछि विस्तार हुने सरकारमा नेता नेपाल र ओलीका पक्षधरहरु सहभागी हुनेछैनन्। नेता पौडेललाई एमाले स्थायी समितिले गृह मन्त्रालयमा पठाउने निर्णय गरेको थियो तर माओवादीसँग सहमति हुन नसकेका कारण विनाविभागीय मन्त्रीका रुपमा रहनुभएको छ। राजीनामाको मानसिकतामा भएका कारण पार्टीनिकट प्रेस चौतारीले आइतबार प्रधानमन्त्री र मन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा समेत पौडेल सहभागी हुनुभएन।

विवाद बढ्दै गएपछि नेकपा एमाले भित्र दुई पक्षमा तीव्र धु्रवीकरण भएको छ र दुई धु्रवीय प्रचारात्मक अभियानहरु शुरु भएका छन्। एमालेका दुई दर्जन केन्द्रीय सदस्यको आइतबार बल्खुमा भएको भेलाले पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमति सच्याउनुपर्ने भन्दै सो सहमति नसच्याए सहमतिको राजनीति समाप्त हुने चेतावनी दिएको छ।

पार्टी नेता केपी ओलीले वार्ता कमिटीको संयोजकका हैसियतले अहिलेसम्मका राजनीतिक वार्ताका ’boutमा जानकारी गराउन भनी आयोजना गरिएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल र ओलीनिकट केन्द्रीय सदस्यहरुको उल्लेख्य उपस्थिति थियो। सो भेलाले पार्टीको निर्णयअनुसार गृह मन्त्रालय एमालेले नै लिनुपर्ने निष्कर्ष निकाल्दै पार्टी निर्णयविपरीत जान अध्यक्ष एवम् प्रधानमन्त्री खनाललाई नमिल्ने चेतावनी दिएको बताइएको छ।

केन्द्रीय सदस्यहरुको भेलाले सातबुँदे सहमति कार्यान्वयन भए सहमतिको राजनीति समाप्त हुने भएकाले सच्चिएर मात्रै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको भेलामा सहभागी पार्टीसचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ। सचिव पोखरेलका अनुसार भेलाले सातबुँदे सहमतिमा उल्लेख गरिएका रक्षा र गृहजस्ता महत्वपूर्ण मन्त्रालय सम्मानजनक तरिकाले बाँड्ने त्यसै गरी एमाले र माओवादी अध्यक्षले सरकारको नेतृत्व पालैपालो गर्ने बुँदा सच्याएर अघि बढ्न अध्यक्ष खनाललाई आग्रह गरेको छ।

भेलाले सरकारको नेतृत्व एमाले र माओवादीका अध्यक्षले मात्रै गरेमा सहमतिको राजनीति तोडिने पनि निष्कर्ष निकालेको पोखरेलले जानकारी दिनुभयो। पोखरेलले शान्तिप्रक्रिया नटुंगिँदासम्म सुरक्षासँग सम्बन्धित मन्त्रालयहरु माओवादीलाई दिन नहुने दोहोर् याउनुभयो। माधवकुमार नेपालको नेतृत्वको सरकार बहुमतको रहेकोमा खनालपक्षले त्यसलाई असहयोग गरी अहिले फेरि बहुमतकै सरकार बनाएको विषयलाई नेपाल र ओली पक्षधरले राम्रो मानेका छैनन्। उनीहरुले खनालसँग बदला लिने मुड बनाएको देखिएको छ। भेलामा २५ जना केन्द्रीय सदस्यको सहभागिता थियो।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.