नेपाली फूच्चे वैज्ञानिक अभिषेक


१२ वर्षको वालकले के के काम गर्न सक्ला ? अनुमान गर्नुहोस त । पक्कै खेल्ने, पढ्ने मात्रै गर्न सक्छ भन्ने तपाईंले अनुमान गर्नु हुन्छ होला । तर ओखलढुंगाको वरुणेश्वर गाविस-८ टेकानपुरका अभिषेक राई भने मेसिनरी सामानको काम गर्न सक्छन् । विद्युत जडान, सोलार जडान, रेडियो, टिभी, घडी ममर्त गर्ने खेलौना बनाउने उनको सीप देखेर जोकोही छक्क पर्छन् ।
सगरमाथा जनता उच्च माध्यमिक विद्यालय ओखलढुंगामा कक्षा ८ मा अध्ययनरत अभिषेकले आफूले देखेको मेसिनरी सामान एकपटक राम्ररी हेरिसकेपछि बनाउन सक्ने दाबी गर्छन् । उनले खेलौनाको रुपमा प्रयोग गरिने उड्ने हेलिकप्टर बनाएपछि गाउँले दंग परेको बताए ।
अझ अनौठो त के छ भने उनले यो कला सात वर्षको उमेरदेखि नै प्रदर्शन गर्न थालेको उनका आमा समिता राईले बताइन् । ‘जतिखेर पनि केही न केही बनाइराखेकै हुन्छ’ समिताले भनिन्, ‘गाउँघरमा विद्युत जडान गर्ने, रेडियो टिभी बिग्रेको बनाउने जिम्मा आजभोलि उसैको छ ।’
अभिषेकले खेलौनाको रुपमा सोलारबाट चल्ने गाडी बनाएका छन् । वोतलका बिर्को, प्लाइउड र प्लाष्टिकका टुक्राहरु मार्फत उनले बनाएको गाडीहरुको बनावट हेर्दा ठूलो गाडीकोभन्दा कुनै फरक नरहेको उनका आफन्त शान्तबहादुर राईले बताए । अभिषेकले गाडीको गिएर चेन्ज गर्न सिस्टम बनाएका छन् । शान्तले अभिषेकको कला र सीपलाई संकलन गरेर प्रदर्शन गर्ने सोच रहेको बताए ।
‘मलाई कसैले सिकाएका छैनन्’ अभिषेकले भने, ‘सामान भयो भने जस्तोसुकै मेशिनरी सामान बनाउन सक्छु जस्तो लाग्छ ।’ जेठो छोरो अभिषेकमा सानैदेखिको यो सीपले पढाई बिगार्ने चिन्ता अभिभावकलाई छ । एक बर्षअघि उनका बुवा बिते । आर्थिक अवस्थाका कारण एसएलसीपछि प्राविधिक शिक्षा पढाउन नसकिएलाकी भन्ने चिन्ता आमा समितालाई छ ।
पढाई भने सामान्य रहेको अभिषेकले चौबिसै घण्टा प्रविधिसँग खेलेको देखेरै गाउँलेले उनलाई फूच्चे वैज्ञानिक उपनाम दिएका छन् ।ठूलो भएपछि वैज्ञानिक नै बन्ने लक्ष्य लिएका उनलाई पढाईका लागि भने सहयोगको खाँचो भएको गाउँले तथा आफन्तले बताए ।

Posted by: Raju Gurung

Advertisements

One response to “नेपाली फूच्चे वैज्ञानिक अभिषेक

  1. Yo hamro lagi garbako kuro ho ki Nature le hamilai Abhishek jasto person deaka chhan. So, hami sabai le uslai help garara usko kalaa ra intelligance lai ajhai badhaunu par6

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.