Daily Archives: 14/02/2011

तमू समाज, कुवेतको परिचय तथा उद्धेश्य


जय आले/राजु गुरुङ्ग, कुवेत

रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेका तमू (गुरुङ्ग) दाजुभाइ तथा दिदीबहिनीहरु लाई एक शुत्रमा बाँधी आफ्नो ऐतिहासिक एवं मौलिक परम्परा, संस्कृति र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय, परिस्थिती अनुरुप प्रवासमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य लिई सम्पूर्ण तमूहरुको साझा संस्थाको रुपमा ईस्वी सम्वत २००९ मा यस कुवेत नगरीमा तमू समाज, कुवेतको जन्म भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ्ग घेदुङ्ग, कुवेतको परिचय तथा उद्धेश्य


जय आले/राजु गुरुङ्ग, कुवेत

प्रवासमा रहेता पनि आफ्नो जातिय पहिचान, धर्म-संस्कृति, भाषा-लिपी, भेष-भूषा, सामाजिक रीतिरिवाज एवं इतिहासको संरक्षण, सम्बर्दन एवं बिकास गर्ने/गराउने उद्देश्यका साथ कुवेतमा कार्यरत सम्पूर्ण तामाङ्ग दाजुभाइ तथा दिदीबहिनीहरुलाई ऐक्यबद्वता गराई सन् २०१० मा नेपाल तामाङ्ग घेदुङ्ग, कुवेतको गठन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कर्मचारीको बनभोजमा ५० हजारको रक्सी


फाल्गुन २ – प्रहरीले जिल्लामा मदिरा विरुधी अभियान चलाइरहेको बेला प्रमुख जिल्ला अधिकारीसमेत सहभागी बनभोजमा कर्मचारीले ५० हजार रुपैयाँको रक्सी पिएका छन् । कर्मचारी मिलन केन्द्रले शनिवार आयोजना गरेको बनभोजमा ५० हजार रुपैयाँको रक्सी पिएर उच्च तहका कर्मचारीहरु अचेत अवस्थामा आइपुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

त्रिशूलीमा गाडी खस्यो , एकको मृत्यु


फाल्गुन २ – चितवनको दारेचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्युभएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा महेश्वर श्रेष्ठ रहेको र घाइतेहरूको नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।घाइतेलाई थप उपचारका लागि भरतपुरतर्फलानेछ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली फूच्चे वैज्ञानिक अभिषेक


१२ वर्षको वालकले के के काम गर्न सक्ला ? अनुमान गर्नुहोस त । पक्कै खेल्ने, पढ्ने मात्रै गर्न सक्छ भन्ने तपाईंले अनुमान गर्नु हुन्छ होला । तर ओखलढुंगाको वरुणेश्वर गाविस-८ टेकानपुरका अभिषेक राई भने मेसिनरी सामानको काम गर्न सक्छन् । विद्युत जडान, सोलार जडान, रेडियो, टिभी, घडी ममर्त गर्ने खेलौना बनाउने उनको सीप देखेर जोकोही छक्क पर्छन् ।
सगरमाथा जनता उच्च माध्यमिक विद्यालय ओखलढुंगामा कक्षा ८ मा अध्ययनरत अभिषेकले आफूले देखेको मेसिनरी सामान एकपटक राम्ररी हेरिसकेपछि बनाउन सक्ने दाबी गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र ओलीद्वारा खनालसँग बदला/मन्त्री पौडेल राजीनामाको मनस्थितिमा


नेपाल समाचारपत्र, (काठमाडौं), गृह मन्त्रालय माओवादीलाई दिने वा नदिने विषयमा प्रधानमन्त्री झलनाथ खनाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा केपी ओलीबीच तीव्र विवाद भएको छ। विवादका कारण मन्त्रीमा नियुक्त भएको केही दिनमा नै मन्त्री विष्णु पौडेल राजीनामाको मानसिकतामा पुग्नुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रमद्वारा सबै दललाई सरकारमा आउन आहृवान


काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री झलनाथ खनालले नयाँ सरकार गठनका सन्दर्भमा एनेकपा माओवादीसँग आफ्नो सातबुँदे सहमतिबाहेक अरू कुनै किसिमको सहमति नभएको स्पष्ट पार्नुभयो । उहाँले सातबुँदे सहमतिको अक्षरशः कार्यान्वयनभन्दा पनि त्यसको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वाधिक आकर्षक महिला पुरुष


  • ‘उमेर पच्पन थिङ्कङि वचपन,’ अभि सुवेदीको सन्दर्भमा कोमल वलीका भनाइ हुन् यी । ‘उमेरले पाको भए पनि सोच भने युवाको छ,’ वलीले आफ्नो भनाइ पुष्टि गर्दै  थपिन्- ‘ऊर्जाशील एवं आकर्षक हुनहुन्छ उहाँ ।’ राष्ट्रपति रामवरण यादव पनि वलीको नजरमा आकर्षक ठहरिए । वलीले भनिन्- ‘आकर्षक त हुनुहुन्छ नै, राष्ट्रका लागि  पनि उहाँको योगदान महत्वपूर्ण छ ।’ पूर्वराजा ज्ञानेन्द्र शाह, कुशकुमार जोशी, कमल थापा आकर्षक पुरुषको पंक्तिमा राखिन् उनले । पूर्व मिस नेपाल उषा खड्गीले  पुष्पकमल दाहाल ‘ह्यान्डसम’ लाग्ने बताइन् । ‘ड्रेस सेन्स तथा जुँगाको सेपले प्रचण्ड आकर्षक देखिन्छ,’ उषाले भनिन्-

पढ्नेक्रम जारी राख्नुहोस्