स्वस्थ चुम्बनले स्वस्थ राख्छ


स्वस्थ चुम्बनले दम्पतीबीच ‘बन्डिङ’ मात्र बढाउँदैन, शरीरलाई स्वस्थ राख्नसमेत सहयोग गर्छ । विभिन्न अध्ययनहरूमा विशेषज्ञहरूले स्वस्थ चुम्बनका धेरै फाइदा बताएका छन् । तपाईं मान्नुस् या नमान्नुस्, एक मिनेटसम्म चुम्बनन गर्दा २६ क्यालोरी बढ्छ । बिहानबिहान आफ्नी श्रीमती वा प्रेमिकालाई चुम्बन गर्ने पुरुष आमव्यक्तिको तुलनामा पाँच वर्ष बढी बाँच्ने अध्ययनहरूमा उल्लेख छ । चुम्बन गर्दा अनुहारका ३० मांसपेसीको उपयोग हुन्छ । त्यसैले चुम्बन गर्दा अनुहारको मांसपेसी बलियो हुन्छ । अनुहार हत्तपत्त च्याउरी पर्दैन । रक्तसञ्चार सन्तुलित रहन्छ । छालाको चमकसमेत बढ्छ ।विभिन्न अध्ययनले चुम्बनलाई मुटुको स्वास्थ्यका लागि राम्रो मानेका छन् । चुम्बनले एन्ड्रेनालाइनको विकास गर्छ, जसले बढी रगत पम्प गर्छ । यसो हुँदा मुटुको गतिविधि स्थिर रहन्छ । यसले कोलेस्ट्रोल कम हुनुका साथै रक्तचापलाई समेत सामान्य बनाइराख्छ । नियमित रूपले स्वस्थ चुम्बन लिने व्यक्तिलाई पेट, मूत्राशय र रगतसम्बन्धी संक्रमण हुने सम्भावना कम हुन्छ ।अनुसन्धानहरूले स्वस्थ चुम्बनका बेला प्राकृतिक एन्टिबायोटिकको श्राव हुने उल्लेख गरेका छन् । यसले पीडाबाट राहत प्रदान गर्छ । चुम्बनले नकारात्मक ऊर्जा कम गरेर सकारात्मक ऊर्जा सञ्चार गर्छ । चुम्बनले आत्मविश्वास बढाउनेसमेत अध्ययनमा उल्लेख छ । चुम्बनको समय शरीरमा निस्किने ‘आक्सिटोसिन’ हार्मोनले शरीर तन्दुरुस्त राख्ने काम गर्छ ।तर चुम्बन स्वस्थ हुनैपर्छ । चुम्बन गर्दा एकअर्कालाई विभिन्न संक्रमण, रोग सर्ने सम्भावना हुँदै हुनुहुन्न । यस्तै, चुम्बन दम्पतीबीच भए अत्यन्त राम्रो मानिन्छ । अथवा, दुवै व्यक्तिको सहमतिमा नै चुम्बन आदान-प्रदान हुनुपर्छ हो, बलजफ्ती होइन ।

Posted by : Dambar Prasad Rimal                   Source: ekantipur

One response to “स्वस्थ चुम्बनले स्वस्थ राख्छ

  1. 5 yrs aagdai maile yubamancha ( barse 13 anka 8) ma padeko thiya ek patak kiss garda 1 minute aauy ghatne bhaner tar fheri aaj tesko negative ………….? ooooooooo…………. how surprise………? it’s rally ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.