राष्ट्र घातिको ढाड भाँच्नु पर्छ


जीवन लिम्बु
पाँचथर नेपाल, हाल: अबुहालिफा कुवैत

नेपाल आमाको काखको कालो दाग अब हटाउनु पर्छ
नेपाल आमाको अपमान गर्नेको अब ढाड भाँच्नु पर्छ
धेरै भयो प्रजातन्त्रको नाममा नेपाल आमाको खिल्लि उडाको
उसैको काखमा बसेर उसैको मुटुमा छुरा घोंचेको
अब यि अपराधिहरुको एकएक गरि मुन्टो भाँच्नु पर्छ
बोरामा हालि सदाको लागि नदिमा बगाउनु पर्छ

राणा कालमा नेपाल आमा धेरै रोइन
पञ्चायत कालमा झनै रोइन
त्यो काल अब भुतकाल भएर गयो
बर्तमान कालमा झनै नेपाल आमा
चिच्याइ-चिच्याइ रोइ रहेकी छिन
पिडाले छटपटाई रहेकी छिन

राजनीतिको नाममा नेपाल आमाको छातिमा परेड खेल्नेलाई
भ्रष्टचार र घुसखोरिको बेइजति झापड हान्नेलाइ
अब अचानोमा राखि गेंड्नु पर्छ
फाँसीमा चढाई सदाको लागि नर्कमा धकेल्नु पर्छ

आज हजारौं देशप्रेमी नेपाली बिदेशीनु परेको छ
आफ्नो देशलाई चढाउनु पर्ने रगत-पसिना
अर्को देशलाई चढाउनु परेको छ
यि सब तिनै भ्रष्ट नेता भनाउंदाहरुले गर्दा भएको हो
समाज र राष्ट्रलाई धोका दिनेहरुले गर्दा भएको हो

देश र जनतालाई डस्ने राष्ट्रघातीहरु
बिसालु गोमन साप जस्तै हुन
भित्र भित्रै देश खाने धमिरा हुन
त्येसैले यस्ता राष्ट्ररघातीहरुलाई
अब बलिको बोका सरि काट्नु पर्छ
पुरानो युगदिएर नयाँ युग साट्नु पर्छ
अनि मात्र नेपाल आमाको पिडा कम हुनेछ
बगेको आँशु नेपाल आमाको पुछिने छ !!

Posted by: Jay Ale

2 responses to “राष्ट्र घातिको ढाड भाँच्नु पर्छ

  1. kabita ko lagi dherai2 suvakamana la.

  2. bhai jivan timro kavita akdam ramro ra samaya sapeksh chha.yasari nai timro kalam chalirahos bhanne shubha kamna garna chahanchhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.