भ्यालेन्टाइन डे हङकङमा नो रुम फर लभ !


हङकङ, फाल्गुन २ – आजका दिन तपाईं हङकङमा हुनुहुन्छ र आफ्नी प्रेमिकालाई क्यान्डल लाइट डिनरमा लैजाने सोच बनाउनुभएको छ भने स्थान खाली भए-नभएका’bout पक्का गरेरमात्र जानुहोला । भ्यालेन्टाइन क्यान्डल लाइट डिनरका लागि चर्चित यहाँका अधिकांश् रेस्टुराँका टेबल हप्ता दिनअघि नै ओगटिएका छन् ।रेस्टुराँमात्र होइनन्,अधिकांश तारे होटलका कोठासमेत १४ फ्रेबुअरीका लागि ओगटिएका छन् । भ्यालेन्टाइन लक्षित गरी होटलहरूले एक रात बसाइसहितको डिनर, डि्रक्सलगायत विशेष उपहारका प्याकेज अघि सारेका छन् ।

चिनियाँ नयाँ वर्षको पहिलो दिनसमेत आइतबारै परेकाले दुवै पर्वलाई लक्षित गरी सिंगारिएको हङकङ सहर यतिखेर झकिझकाउ बनेको छ । भ्यालेन्टाइनका साँझ करिब एक लाख जोडी सडकमा देखिने अनुमान छ । भीडलाई व्यवस्थित गर्न करिब तीन सय प्रहरी परिचालित हुनेछन् । हङकङबाट सीमावर्ती मकाउ र सेन्जेनमा भ्यालेन्टाइन मनाउन जाने स्थानीय चिनियाँहरू सँगै नेपालीहरूको लर्को पनि कम छैन । चिनियाँहरूले ठूलो पर्वका रूपमा मनाउने नयाँ वर्षको लामो बिदा शनिबारबाट सुरु भएकाले नेपालीहरू समेत फुर्सदिला बनेका हुन् ।

हङकङे अधिकांश नेपाली युवा जोडीहरूले भ्यालेन्टाइन साँझ रेस्टुराँमा बित्ने बताए । यसमध्येका कतिपय क्यान्डल लाइट डिनर जाने सुरमा छन् । प्रणय जोडीहरूलाई नै लक्षित गरी सिंगारिएका रेस्टुराँ तथा होटल, लभ गीत, लभ चकलेटलगायत भ्यालेन्टाइन विशेष परिकारहरूका व्यवस्थाले हङकङमा क्यान्डल लाइट डिनर प्रख्यात छ ।

Posted by:Dambar Prasad Rimal                                 Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.