खेलाडी…!!


धर्मराज गिरी, कुवेत

सैनिकलाई रणभुमी प्यारो लाग्छ खेलाडीलाई खेल मैदान
जुन स्थलले गराउँदछ युवा शक्तीको ज्वालामूखी पहिचान
न निन्द्रा लाग्छ न भोक लाग्छ नसा-नसामा खेल बगी रहन्छ
हावा बनी आँधी बनी जितको साहश आत्मबलले कल्पी रहन्छ
हावा बनी आँधी बनी जितको साहश आत्मबलले कल्पी रहन्छ

अंपायरको सिटी बज्दा लडाईंको बिकुल बजे जस्तो लाग्छ
बिपक्षसंग खेल मैदानमा उत्रिंदा दोस्रो विश्व युद्दमा उत्रे जस्तो लाग्छ
शरीरको नगन्य पसिना संगै रगतले रगताम्मे खेल मैदान हुँदा पनी
दुश्मनलाई परास्त पार्ने शाहस जागी रहन्छ शक्तीशाली बेगिलो तुफान बनी
दुश्मनलाई परास्त पार्ने शाहस जागी रहन्छ शक्तीशाली बेगिलो तुफान बनी

झुक्किएर कहिले झुक्दैन खेलाडी मिर्गसरी हाम्फाल्दै दौडी रहन्छ
चटान भन्दा कडा बनेर खेल मैदानमा गुन्जमन भई रहन्छ
राष्ट्र प्रेमी खेलाडी पसिनादाना सिंचेर गरिरहन्छ राष्ट्रको हित
यही यो एक खेलाडिको जिन्दगी कहिले हार अनी कहिले जित
यही यो एक खेलाडिको जिन्दगी कहिले हार अनी कहिले जित

नोट: धर्मराज गिरीको उक्त खेलाडी शिर्षकको कविता अनेसास कुवेतको ११ फेब्रुअरीमा सम्पन्न भएको बृहत साहित्यिक गोष्टीमा “गोलाप्रथाद्वारा” प्रथम बिजयी प्रतिश्पर्धीको उपाधी हाँसिल गर्न सफल कविता हो ।

Posted by: Jay Ale

8 responses to “खेलाडी…!!

  1. बधाई छ सर हजुरलाई खेलाडि शिर्षक कवितामा प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएकोमा । यो कविता पनि वास्तविक नै सत्य हो जुन खेलाडिको मर्म र भावना पोखिएको छ । आगमी दिनहरुमा पनि हजुरको कविताहरु यसरी नै आईरहोस् शुभ-कामना, शुभकामना, शुभकामना, लाखौंलाख शुभकामनाको पुष्प गुच्छा अर्पण गर्दछौं ।

    केदारनाथ खरेल
    इस्लाम प्रिजेन्टेशन कमिटी, कुवेत

  2. mama hajur ta kabi po hunuhudorecha .la la hajur lie badie chha hajur ko paro banja suresh kuwait branch office.

  3. Haina Dharma Daju Hajurle kheltira matara dhyaan dinu bhyeko chha bhanne mahile socheko thiye mane hajurlai haina tapailai janmaune muma kasto hununchha pheri muma aaunu bhyo bhane ma bhetchhu hai kinaki hajurle yas kuwait maa nagareko kam kehi rahena you are the man Dharma daju

    Raj Kumar
    Jasim tarns.

  4. sadu thx so much hai your victory good poet ( composer ) we are so appreciate.

    Amar dai Kuwait-Mesc

  5. la vo dai…aba ma lekhna chhadidinchu..aba hajur lekhna suru garnush…hai???

  6. dharma raj sir. ekdam ramro chha kabita nirantar aru lekha rachanaa lekhdai janos pragatiko subhakamana hajurlai

  7. dai kabita kabita ko lagi hardik suvakamana hajur lai. aauda din haruma pani aajha padhana pau.

  8. Wish u all the best dharma Dada.. keep writing !!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.