अनेसास यूएई च्याप्टरको अबुधाबी क्षेत्रीय समिति पुनर्गठन


विरही रिजाल, अबुधाबी

१३ फरवरी २०११ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टर केन्द्रीय कार्यसमितिले आव्हान गरेको अबुधाबीका साहित्यकारहरुको क्षेत्रीय भेला अबुधाबीको कोर्निचस्थित बोधीवृक्षको परिसरमा गत मिति ११ फरवरी २०११ शुक्रवारका दिन च्याप्टरका महासचिव गिरधारी रिजालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो भेलामा नेपाल पत्रकार महासंघ यूएई शाखाका केन्द्रीय प्रतिनिधि जेपी सापकोटा अतिथिको रुपमा उपस्थित भएका थिए भने च्याप्टरका केन्द्रीय कोषाध्यक्ष कपिल खड्का र सचिव जीवन कोइराला तथा विभिन्न क्षेत्रबाट नेपाली साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो ।

सो भेलाले रमेश बाँनियाको अध्यक्षतामा सात सदस्यीय अबुधाबी क्षेत्रीय समिति गठन गर्यो । उक्त समितिका अन्य पदाधिकारीहरुमा शंकर पोखरेल उपाध्यक्षमा, दिनेश “मंडू” आचार्य सचिवमा, “द” कैलाश राई सह-सचिवमा, वसन्त थापा “जीवन” कोषाध्यक्षमा चुनिएका छन् भने अर्जुन कुँवर र सुजन घायल सदस्यमा चुनिए ।

समितिमा बाँकी रहेका चारजना सदस्यहरु र आवश्यक सल्लाहकारहरुको पदपूर्ति समितिको आगामी बैठकले गर्नेछ । क्षेत्रीय समिति पुनर्गठनपछि उपस्थित साहित्यकारहरुले वोधीवृक्ष परिसरमा आ-आफ्ना कविता, गज़ल वाचन गर्दै साहित्यिक गोष्ठी समेत सम्पन्न गरे ।

अतिथिको आसनबाट शुभकामना दिने क्रममा भेलालाई सम्बोधन गर्दै पत्रकार जेपी सापकोटाले अढाई वर्ष अघि नेपाली साहित्य र संस्कृतिलाई माया गर्ने नेपालीहरुले कल्पना गरेर स्थापना गरेको वोधीवृक्षको आज पनि त्यत्तिकै महत्व रहेकोले यसको परिसरमा यस्तैखाले साहित्यिक गोष्ठी तथा कार्यक्रमहरु गरेर यस च्याटरले निरन्तरता दिनुपर्ने कुरामा जोड दिए ।

च्याप्टरका महासचिव तथा भेलाका अध्यक्ष रिजालले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिने क्रममा नेपाली साहित्य र संस्कृतिको उत्थानका निम्ति सबै नेपालीहरु जुर्मुराएर उठ्नुपर्ने कुरा औल्याउंदै भेलाको विसर्जन गरेका थिए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.