भ्यालेन्टाइन गिफ्ट ब्रायन एडम्सको टिकट


एवेर्य्थिङ आइ  डू , आइ डू  इट   फर  यू ….

मंगलबार दिउँसो कुपण्डोल हाइटमा स्थापना गरिएको सुरशाला संगीत विद्यालयको उद्घाटन समारोहमा भेटिएका गायक हेमन्त शर्माले साप्ताहिकसँग भने- ‘ मैले पहिलो पटक भ्यालेन्टाइन्स डेका लागि नौलो उपहार किनेको छु, महँगो भए पनि मूल्यवान भएकाले श्रीमतीका लागि त्यो उपहार किनेको हुँ ।’ कस्तो उपहार  किन्नुभयो ? भन्ने जिज्ञासामा गायक शर्माले भने- ‘ब्रायन एडम्सको कन्सर्टको दुई वटा टिकट किनेको छु, एउटा मेरा लागि अनि अर्को श्रीमतीका लागि’ हेमन्तकी  ब्युटिसियन श्रीमती मात्र होइन दुई छोरा पनि एडम्सका प्रशंसक भएकाले उनले महँगो मूल्यमा टिकट किनेको बताए ।

आगामी फागुन ७ गते शनिबार दशरथ रंगशालामा आयोजना हुने ‘ब्रायन एडम्स इन नेपाल’ शीर्षकको कन्सर्टमा आयोजक ओडिसी नेटवर्कले दुई हजार, तीन हजार तथा  छ हजार रुपैयाँको टिकट बिक्री गरिरहेको छ । आयोजक संस्थाका सिईयो सुरेशजंग रायमाझीका अनुसार युवा पुस्तामाझ अत्यन्त लोकप्रिय गायक ब्रायन एडम्सको कन्सर्ट  हेर्न युवा-युवतीकै संख्या बढी हुनेछ । युवा-युवतीलाई लक्षित गर्दै आयोजना गर्न लागिएको कन्सर्टका टिकटहरू बिक्री गर्न आगामी सोमबार मनाइने भ्यालेन्टाइन्स डेले  सहयोग पुर्‍याइरहेको आयोजकहरूको दाबी छ । भाटभटेनी सुपुर मार्केट, नाङ्लो बेकरी क्याफे, दरबारमार्गस्थित एडिडासको शो रुम तथा मनकामना बैंकका प्रायः सबै  शाखाबाट बिक्री भैरहेको टिकटलाई प्रणय दिवसको उपहारका रूपमा प्रयोग गरिँदैछ ।

‘झन्डै ६० प्रतिशत टिकट बिक्रि भैसकेको छ, रायमाझी भन्छन्- ‘खासगरी युवाहरुले आफ्ना प्रेमिकालाई भ्यालेन्टाइन्स डेको उपहार दिन ब्रायन एडम्सको कन्सर्टको टिकट  किनिरहेका छन् ।’ रायमाझीका अनुसार नेपाल भ्रमणमा आएका विदेशीहरूले पनि टिकट किनिरहेका छन् ।

दशरथ रंगशालामा सम्पन्न हुने कन्सर्टमा तीनवटा नेपाली ब्यान्डले पनि गीत-संगीत प्रस्तुत गर्दैछन् । मंगोलियन हार्ट्सका राजु लामा कन्सर्टमा गीत गाउन अमेरिकाबाट  यसै साता काठमाडौं आउँदैछन् भने नमस्ते ब्यान्डका ईश्वर गुरुङ कार्यक्रममा सहभागी हुन जापानबाट काठमाडौं अवतरण गरेकाछन् । काठमाडौंमै सक्रिय १९७४ एडीले  पनि कन्सर्टमा गीत गाउने छ । साढे पाँच बजेदेखि ७ बजेसम्म नेपाली सांगीतिक समूहले गीत-संगीत प्रस्तुत गरेपछि राति ७ बजेदेखि नौ बजेसम्म ब्रायन एडम्सले एकल  प्रस्तुति दिनेछन् । कन्सर्टमा एडम्सले एक दर्जनभन्दा बढी गीत गाउने बताइन्छ ।

Posted By: Narayan Nepal             Source : Saptahik

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.