पूर्वराष्ट्रिय गोलरक्षक बिष्टको निधन


२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलरक्षक रन्जन विष्टको ५७ वर्षको उमेरमा शनिबार निधन भएको छ । फोक्सो र मृगौला रोगबाट पीडित विष्टको ललितपुरको वि एण्ड वि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत ललितपुर जिल्ला खेलकुद विकास समितिका ह्यान्डबल प्रशिक्षक समेत रहेका बिष्टलाई ९ दिन अघि अस्पताल भर्ना गरिएको थियो । विष्टको शनिबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरियो । विष्टको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । विष्टको पार्थिव शरीरमा मन्त्री गंगालाल तुलाधारले राष्ट्रिय झण्डा तथा राखेप सदस्य-सचिव हरिबाबु चौधरीले खेलकुद भण्डा अढाउनुका साथै पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

नेपालले खेलेको पहिलो अन्तराष्ट्रिय खेल सन् १९८२ मा भारतको नयाँ दिल्लीमा सम्पन्न एसियन गेममा विष्ट गोलरक्षक हुनुहुन्थ्यो । ललितपुरको झम्सिखेलमा विक्रमसम्वत् २०१० सालमा जन्मनु भएका विष्टको श्रीमती र दुई छोरा छन् ।

Posted By: Narayan Nepal                                                             Source : onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.