५५ अर्ब ५५ करोड वैदेशिक सहायताको प्रतिबद्धता


चालू आर्थिक वर्षको माघ तेस्रो सातासम्म ५५ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक सहायताको प्रतिबद्धता भएको छ । यसमध्ये ३७ अर्ब अनुदान र १८ अर्ब ५५ करोड ऋण सहयोगको रूपमा प्राप्त भएको हो । यसमध्ये स्वास्थ्यमा सबैभन्दा बढी १६ अर्ब ९६ करोड रुपैयाँ सहायता प्रतिबद्धता भएको अर्थ मन्त्रालय, वैदैशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

चालू आवमा सरकारले ६५ अर्ब ३४ करोड अनुदान र २२ अर्ब २३ करोड जुटाउने बजेटमा उल्लेख छ । स्वास्थ्यमा ११ अर्ब ७७ करोड अनुदान सहयोग प्राप्त हुन लागेको हो भने ५ अर्ब १८ करोड ऋण लिन लागिएको हो । शिक्षामा ९ अर्ब १० करोड अनुदान आउन लागेको छ ।

त्यस्तै, पूर्वाधार निर्माणमा ५ अर्ब ४७ करोड वैदेशिक ऋण लिन लागिएको छ । वित्तीय क्षेत्र सुधारका लागि दातृ पक्षसँग ४ अर्ब ३४ करोड ऋण र ८७ करोड अनुदान सहयोग प्राप्त हुने भएको हो । स्थानीय विकासतर्फ ४ अर्ब १९ करोड सहायता प्रतिबद्धतामध्ये २ अर्ब ४५ करोड अनुदान र १ अर्ब ७३ करोड ऋण प्रतिबद्धता भएको छ ।

सिँचाइमा चालू आवमा ठूलो अनुदान रकम प्रतिबद्धता भएको छ । सिँचाइमा १ अर्ब ९० करोड अनुदान सहयोग प्राप्त हुने भएको हो । सञ्चार, वन, सुशासन, गृह, मानव अधिकार, आवास, उद्योग, श्रम, कानुन तथा न्याय, योजना, विज्ञान तथा प्रविधि, सर्वोच्च अदालत, आपूर्ति र समाज कल्याणका क्षेत्रमा सहायता शून्य  छ ।

यातायाततर्फ ७० करोड ६५ लाख अनुदान र ७० करोड ६५ लाख ऋण गरी १ अर्ब ४१ करोड सहायता प्राप्त हुने भएको छ । पर्यटनका लागि १ अर्ब १० करोड ऋण सम्झौता भएको छ । कृषिमा ८० करोड, ऊर्जामा १८ करोड तथा शान्तितर्फ ३३ करोड अनुदान सहयोग प्राप्त भएको छ ।

Posted by: Raju Gurung                                                       Source: Karobaronline

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.