यस्ता छन् प्रधानमन्त्रीका सल्लाहकार


एमालेको राज्य व्यवस्था विभागले सल्लाहकार र निजी सचिवालयमा रहने व्यक्तिहरूको नाम बुधबार प्रधानमन्त्री झलनाथ खनाललाई सिफारिस गरेको छ । प्रमुख सल्लाहकारमा भने कसैलाई सिफारिस गरिएको छैन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खनालले नाम छनोट गर्न विभागलाई भनेका थिए ।

विभागले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा युवराज संग्रौलालाई सिफारिस गरेको छ । प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा पुरुषोत्तम पौडेल र निर्मल भट्टराईको नाम छ । पौडेल पूर्वसांसद हुन् भने भट्टराई एमाले अध्यक्षको सचिवालय सचिव तथा उपत्यका समन्वय समितिका सदस्य हुन् ।त्यस्तै, पराराष्ट्र मामिला सल्लाहकारमा मिलन तुलाधर र प्रेस सल्लाहकारमा पत्रकार सूर्य थापाको नाम सिफारिस भएको छ । तुलाधर भूमिगत कालदेखि नै एमालेमा सक्रिय र खनालका समकालीन हुन् । विदेश विभाग सदस्यसमेत रहेका तुलाधर ‘इसिमोड’ मा कार्यरत छन् । थापा पार्टी प्रचार विभाग सचिव हुन् । त्यस्तै, प्रधानमन्त्रीका निजी सचिवमा दीपक अमात्य र रामबाबु अधिकारीलाई सिफारिस गरिएको छ । अमात्य खनाल सञ्चारमन्त्री हुँदा निजी सचिव थिए भने अधिकारी प्रधानमन्त्री हुनुअघिदेखि निजी सचिवका रूपमा काम गरिरहेका थिए ।स्रोतका अनुसार प्रधानमन्त्रीले सिफारिस भएका सातै जनालाई बिहीबार नियुक्ति गर्ने सम्भावना छ ।

Posted by: Dambar Prasa Rimal                 Source: ekantipur

Advertisements

One response to “यस्ता छन् प्रधानमन्त्रीका सल्लाहकार

  1. “Mili mili Khau, Nepal Ko Dhukuti Lai
    Aba Timero Ko Palo
    Janta Nai Vedo Vaye Pachi, Neta Ko Moj Masti
    Welldone Bokre Neta Haru”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.