माओवादी सरकारमा नजाने


-कान्तिपुर संवाददाता

काठमाडौ, माघ २७ -एमालेलाई समर्थन गरेर सरकार निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादी सरकारमा सहभागी नहुने भएको छ । मन्त्रालय बाँडफाँट र एमालेसंग भएको सात बुँदे सहमति कार्यान्वयनमा असमझदारी भएपछि माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हो । यद्यपी सरकारलाई दिएको समर्थन भने यथावत रहने जनाएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत दुई दलका शीर्ष नेताबीच भएको वार्तामा कुरा नमिलेपछ माओवादीले सरकारमा जानुको औचित्य नभएको बताएको छ । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा सहभागी नहुने संवाददातहरुलाई बताए ।’सात बुँदे सहमति कार्यान्वयनमा एमालेमाथि गम्भीर आशंका बढेको छ,’श्रेष्ठले भने-‘सम्झौताको भावना अनुसार मन्त्रिमण्डल गठनमा पनि उ अडि्एन । यस्तो परिस्थितिमा हामी एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णयमा पुगेका छौं ।’उनले नयाँ गठबन्धन असफल बनाउन विदेशी चलखेल बढेको बताए ।  गृह मन्त्रालय माओवादी लाई नदिने र सात बुँदे सहमतिको औचित्यमाथि एमाले नेताहरुले प्रश्न उठाएपछि माओवादी असन्तुष्ट बनेको स्रोतले जनाएको छ ।

गृह लगायत प्रमुख १० मन्त्रालय माओवादीलाई दिने पूर्व सहमति एमालेले फेरेको माओवादीको आरोप छ । दुई दलबीच कुरा नमिलेकै कारण प्रधानमन्त्रीले सपथ लिएको पाँच हुन लाग्दा पनि मन्त्रिपरिषद् गठन हुन सकेको छैन । प्रधानमन्त्री खनालले गत आइतबार सपथ लिएका थिए । माओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष खनाल नेतृत्वको सरकार माओवादीको पछिल्लो निर्णयले संकटमा परको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.