-नयाँ पत्रिका,
मोरङ, २६ माघ । नर्सिङ पढ्दै गरेकी छात्रा बिरामी भएर अस्पतालमा उपचार गराउन आएका वेला उनकै शिक्षक एवं चिकित्सकले यौन दुव्र्यवहार गरेका छन् । विराटनगरस्थित विराट हेल्थ कलेजकी छात्रालाई सोही कलेजका शिक्षक एवं विराट नर्सिङ होममा कार्यरत डाक्टर सुदीप सिंहले दुव्र्यवहार गरेका हुन् ।
तल्लोपेट दुखेपछि विराटनगरकी ती छात्रा साथीहरूका साथ उपचार गराउन विराटनगरको मुनालपथस्थित विराट नर्सिङहोममा आएकी थिइन् । चारजना साथी लिएर मंगलबार बिहान साढे पाँच बजे नै नर्सिङहोममा पुगेकी उनलाई एक्लै भएको मौका छोपेर डाक्टर सिंहले बलात्कार गर्ने नियत देखाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...