६८ लाखको अपार्टमेन्ट लिङ्कनलाई


कान्तिपुर संवाददाता, कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक द काठमान्डू पोस्टको घरदैलो ग्राहक अभियान ‘डि्रम बिग विन बिग’ को पहिलो बम्पर उपहार ६८ लाखको अपार्टमेन्ट विराटनगरको लिङ्कन एकेडेमीलाई परेको छ ।

तीनमहिने अभियानको ‘लक्की ड्र’ मार्फत आइतबार राजधानीमा आयोजित विजेता घोषणा समारोहमा पहिलो पुरस्कार उक्त एकेडेमीलाई परेको हो । देशभरका ३७ हजार ६ सय ९१ ग्राहकमध्येबाट छानिएको एकेडेमीलाई नक्सालस्थित इम्पाइरल अपार्टमेन्ट कम्पनीको ६८ लाख पर्ने दुई बेड रुमसहितको अपार्टमेन्ट परेको हो । दोस्रो पुरस्कार यसुडा कम्पनीको होम मेकर छाउनीका उत्तम प्रधानलाई र तेस्रो दुबई यात्रा -एक जोडी) पुरस्कार बालाजु माछापोखरीको अभियान पब्लिक स्कुललाई परेको छ ।

सोल्टी होटलमा आयोजित समारोहमा पहिलो पुरस्कार सीएनएन हिरो २०१० अनुराधा कोइराला, दोस्रो चिकित्सक सन्दुक रुइत र तेस्रो पप गायक निमा रुम्बाले घोषणा गरेका थिए । पुरस्कार समारोह कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

वाषिर्क र अर्धवाषिर्क ग्राहकलाई पब्लिकेसन्सले बम्परसहित स्क्र्याच कार्डमार्फत तत्काल र हप्तैपिच्छे उपहार वितरण गरेको थियो । स्क्र्याच कार्डमार्फत हात खाली नहुने उपहारमा ल्यापटप, एलसीडी टीभी, डिस नेपालको सेट बक्स, मोबाइल, घडी, सुट पिस, सिनेमा टिकट, पेनड्राइभ, ग्राहक शुल्क फिर्ता र सित्तैमा पत्रिका थिए ।

पुरस्कार              विजेता    रसिद नम्बर

पहिलो    लिङ्कन एकेडेमी विराटनगर    ४१९८२

दोस्रो     उत्तम प्रधान छाउनी    ६०८२०

तेस्रो    अभियान पब्लिक स्कुल, बालाजु    ६७८९६

Posted by: Jay Ale              Collection: Dharma Raj Giri

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.