आफ्नै घरमा बास बसेका बटुवाले खुकुरी प्रहार गरी हत्या


ओखलढुंगा, माघ २६ – ओखलढुंगाको दक्षिणी थाक्ले ८ सोक्मटारका ६२ वर्षीय थमानसिं राईको खुकुरी प्रहारबाट मृत्यु भएको छ । यसैगरी उनकी ६३ वर्षीया श्रीमती जैतु राईको उपाचारार्थ राजधानी ल्याइएको छ ।आफ्नै घरमा बास बस्ने बटुवाले दम्पत्तिलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न ओखलढुंगाको निसंखे ७ तलुवाका जितबहादुर माझी रहेको थाक्ले गाविसका पूर्व अध्यक्ष मानबहादुर राईले कान्तिपुरलाई टेलिफोनमा बताएका छन् ।

हिलेपानी–दिक्तेल मध्यपहाडी राजमार्गसँगै सोक्मटार गाउँ किराना पसल गरी बसेका दम्पत्तिको घरमा मंगलबार राति बास बसेका माझीले जैतु राईले लगाएको सुनको गहना लुट्ने क्रममा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट थमानसिंको घटनास्थलमै मृत्यु भएको थियो । सदरमुकामबाट डिएसपीको टोली आई सरजमिन भएको र पोस्टमार्टमका निम्ति लासलाई रुम्जाटारस्थित जिल्ला जनस्वास्थ्य कार्यालय लगिने भएको छ । गंम्भीर अवस्थामा रहेकी जैतु राईलाई तत्काल उपचारार्थ राजधानीतर्फ ल्याइएको उनका आफन्तले जनाएका छन् ।

हत्यामा संलग्न माझीलाई भाग्दै गरेको अवस्थामा सुनकोसीको घुर्मी शिवालय पुलमा स्थानीय युवाले खुकुरी र सुनको कुण्डलसहित पक्राउ गरी हर्कपुर प्रहरी चौकीमा बुझाएका छन् । माझी नेपाली सेना भएको र उनी हाल चितवनमा कार्यरत रहेको जनाएका छन् । प्रहरी नियन्त्रणमा रहेका माझीलाई कारबाहीको माग गर्दै स्थानीय गाउँले, विद्यालयका विद्यार्थीलगायतले घेराऊ गरेको मृतकका आफन्त नव राईले जनाएका छन्

Posted By: Dambar Prasad Rimal               Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.