३४ जना नेपाली इराकमा अलपत्र


२५ माघ, काठमाडौं । काम लगाइदिने भनी नेपालबाट इराक लगिएका ३४ जना नेपाली इराकमा अलपत्र परेका छन् । नेपाल र इराकका दुवै दलाल सम्पर्कविहीन रहेको पीडितका आफन्तले बताएका छन् । उनीहरूको पासपोर्टसमेत लिएर दलालहरू गायब भएको सम्पर्कबाट जानकारी पाएको पीडितका आफन्त डीपी पोखरेलले बताउनुभयो । कुन वैदेशिक रोजगार कम्पनीबाट इराक पुर्‍याइएको हो भन्नेसमेत आफूलाई राम्रोसँग जानकारी नभएको बताउँदै पोखरेल भन्नुहुन्छ, ‘जानुभन्दा दुई दिनअघि मात्र भाइले जान लागेको बतायो, कसरी सबै थाहा पाउनु ?’

जैसीथोक-५ गुल्मीका भरत पोखरेल, दीपेन्द्र पोखरेल र आत्माराम पोखरेलसहित अन्य चारजनालाई गत पुस ८ गते नेपालबाट लगिएको पीडित भरत पोखरेलका दाजु डीपी पोखरेलले जानकारी दिनुभयो । एउटै गाउँका तीन पोखरेल दाजुभाइमध्ये दीपेन्द्र र आत्मारामलाई काममा लगाइदिन लगिएको जानकारी दिँदै उनीहरू पनि सम्पर्कमा नआएको र भरत पोखरेलको पासपोर्टसमेत खोसेर दलाल फरार रहेको फोन सम्पर्क हुँदा भरतले जानकारी दिएको पोखरेल बताउनुहुन्छ ।

पीडितका दाजु पोखरेलले भाइसँग भएको फोन सम्पर्कबाट उनका भाइसहित ३४ जनालाई अलपत्र अवस्थामा कन्टेनरमा छोडिएको र खानेकुरासमेत नदिएको उल्लेख गर्नुभयो । कहाँबाट कसकसले उनीहरूलाई त्यहाँ ल्याएको भन्ने’boutमा विस्तृत जानकारी भइसकेको छैन । इराकको कुन ठाउँमा पुर्‍याइएको छ भन्नेसमेत थाहा नभएको पीडितका दाजु पोखरेल बताउनुहुन्छ । पीडितका दाजु पोखरेलले भाइले आफूलाई लैजाने मान्छेलाई देव दाइ भन्ने गरेको मात्र थाहा भएको बताउँदै भन्नुभयो, ‘पूरा नाम थाहा छैन ।’

दुबईसम्म भ्रमण भिसा भएको र पुस १० गते बिहान ११ बजे दुबई एयरपोर्टको टर्मिनल दुईबाट इराक लगिएको डीपी पोखरेलले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेले यस’boutमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताउँदै घिमिरेले भन्नुभयो, ‘जानकारी पाउनेबित्तिकै उद्धारका लागि प्रयत्न गर्छौं ।’ कुन वैदेशिक रोजगार कम्पनीले कसरी लगेको हो, पूर्ण जानकारी हुनुपर्ने घिमिरे बताउनुहुन्छ । समस्यामा परेको जानकारी भएमा पाकिस्तानमा रहेको नेपाली राजदूतावासबाट उद्धारकार्य अगाडि बढाइने सहप्रवक्ता घिमिरेले स्पष्ट पार्नुभयो ।

इराकमा कामदारका रूपमा नेपालीलाई वैधानिक रूपमा पठाउने व्यवस्था छैन । यद्यपि अवैधानिक रूपमा त्यहाँ गएका नेपालीलाई वैधानिकता दिने निर्णय भइसकेको बताइएको छ ।

Posted by: Jay Ale                          Source: Onlinekhabar

Advertisements

2 responses to “३४ जना नेपाली इराकमा अलपत्र

  1. Dear Jay,
    Yesari pura name ullekha nagarikana kasari samachar chhapnu hunchha? mero name ni Dev ho ma ni hal iraq ma nai chhu ra ma ni yeha manchhe lyaune kam garchhu tara aaj samma maile kasailai ni tesari alapatra pareko chhaina ra yeha aahile kohi ni alapatra pareko suniyekochhaina yedi pakka alapatra pareko ho bhane alapatra pareko thau ra yeuta contact no. dinus ma uni haru lai uddar garnechhu. haina bhane hawa ko bhar ma yesari kasaiko name mathi yesari khelwad huna bhayena.

  2. कुवेतनेपाल एडमिन

    Dear Dev Jii, yoo samachar hamile lekhera chhapeko hoina nepalko charchit patrika onlinekhabar bata sabhar garera post matrai gareko ho. Jasko spasta sanga srot khulaiyeko chha, kripaya srot hernu huna anurodh gardachhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.