गोर्खाल्याण्ड आन्दोलनमा प्रहरीको गोलीबाट तीनको मृत्यु


पर्वत पोर्तेल, सिलिगुडी, माघ २५ -गोर्खा जनमुक्ति मोर्चाको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलीबाट तीन मोर्चा समर्थकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा महिला नारी मोर्चाका दुई कार्यकर्ता र युवा मोर्चाका कार्यकर्ता रहेको मोर्चाले जनाएको छ । मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले घटनामा दर्जनौंलाई गोली लागेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए ।

बंगाल सरकारले केही दिनदेखि डुवर्समा मोर्चाको आन्दोलन दमन गर्न केन्द्रीय अर्धसैनिक बल (सीआरपीएफ) परिचालन गरेको छ । मोर्चाले आन्दोलनका कार्यक्रम डुवर्समा केन्द्रीत गरेपछि सीआरपीएफ त्यता तैनाथ गरिएको हो ।

डुवर्सको नेपालीभाषि बाहुल क्षेत्र सिप्सु कुमानी भन्ने स्थानमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको सिलिगुडीका पत्रकार विजय रुचालले जानकारी दिए । घटनामा मारिएको नाम थाहा हुन सकेको छैन । प्रहरीले डुवर्सको मालबजार, सिप्सुलगायतका क्षेत्रमा केही दिनदेखि १४४ धारा लगाएको थियो । यो धारा लगाएपछि समुह बनाएर हिडडुल गर्न निषेध हुन्छ । घटनामा दर्जनौं बढी मोर्चा कार्यकर्ता घाइते भएका छन् ।

प्रहरीले सोमबार पनि नारी मोर्चाको शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेत्र गर्दा करिव दुई दर्जन बढी घाइते भएका थिए । प्रहरीले गोर्खाल्याण्ड पर्सनल (जीएलपी) को अस्थायी शिविर पनि भत्काएको छ ।

यसैबीच उक्त घटनाको विरोधमा दार्जिलिङका विभिन्न स्थानमा हिंसा भड्किएको बताइएको छ । दार्जिलिङका पत्रकार संजय प्रधानका अनुसार एक घण्टा अगाडि खर्साङमा दार्जिलिङ जिल्ला प्रशासनको सवारी आन्दोलनकारीले जलाएर ध्वस्त पारेका छन् ।

Posted by: Jay Ale                         Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.