छोरीलाई समेत फिल्म खेल्न अफर आइसक्यो, तर आमा करिश्मा मानन्धर भने अझै जोडतोडकासाथ फिल्म खेलिरहेकी छिन् । लामो समयको अमेरिका बसाइपछि नेपाल फर्कीएकी करिश्माले खासै मुख्य रोल नपाए पनि फुर्सदमा भने छैनन् । करिश्माको जवानी घट्दै गए पनि ब्यस्तता झनै बढेको छ ।
यसपटक हामीले तपाईहरुलाई करिश्माको अलिक नयाँ गेटअप पस्केका छौं, पूर्णतया गाउँले पोजमा । यसमा करिश्मा औपचारिक कार्यक्रममा सहभागी हुँदाजस्तो बक्षस्थलमा खोपिएको ट्याटु देखिनेगरी हैन, मखमली चोली, बुलाकी र गुन्युमा छिन् । सुरज सुब्बा निर्देशित फिल्म ‘सायद’मा अभिनय गरिरहेकी करिश्मा गायक बाबु बोगटीसँग छमछमी नाचेकी छन् । यस्तै नाचमा पुगेका अनलाइनखबरका फोटोपत्रकार रमेश सुवेदीले करिश्माको नयाँ करिश्मा कैद गरेका छन् ।
Posted by: Jay Ale Source: Onlinekhabar