Daily Archives: 08/02/2011

आज सरस्वती पूजा !!


सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै मंगलबार देशभर सरस्वती पूजा मनाइँदै छ । हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गर्छन् ।

आजको दिनमा बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायतले आ-आफ्ना सिर्जनाका औजार पूजा गर्ने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आमाले गाली गरेपछि ‘सुसाइट नोट’ लेखेर बालकद्वारा आत्महत्या


पैसा चोरेको भन्दै आफ्नै आमाले गरेको सामान्य गाली खप्न नसकी यहाँका एक १३ बर्षे बालकले नोट लेखेर आत्महत्या गरेका छन् । पैयुपाटा ४ का चक्रपाणी र इन्द्रवती अधिकारीका छोरा मिलन अधिकारीले सोमबार राती अत्महत्या गरेका हुन् । बाटोमा भेटिएको पैसा लाई छिमेकीको चोरेको भन्दै आमाले गाली गरेपछि उनले अचानक कोठाभित्र झुण्डीएर आत्महत्या गरेको आफन्तले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली युवाको भारत मुम्बईमा हत्या


           भारत मुम्बईमा एक नेपाली युवाको हत्या भएको छ । विराटनगर घर भई मुम्बईमा ट्याम्पो चलाउँदै आएका झण्डै ४० वर्षिय परमेश्वर साह नेपाल फर्कने क्रममा अज्ञात समुहको आक्रमणमा मारिएका हुन् ।  घटनावारे मुम्मई प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी परिवारका सदस्यहरुलाई दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एमालेसँग सहमति नभएपछि माओवादीले आफ्ना मन्त्रीको टुंगो लगाउन सकेन


कान्तिपुर संवाददाता, काठमाडौं, माघ २५ -एमालेसँग मन्त्रालय बाँडफाटमा सहमति नभएपछि मंगलबार बस्ने भनिएको माओवादी स्थायी समिति बैठक स्थगित भएको छ । एमालेसँग सहमति भएपछिमात्र पार्टीबाट मन्त्रीमण्डलमा पठाउनेको नाम टुंगो लागाउन स्थायी समिति बैठक बस्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खाल्याण्ड आन्दोलनमा प्रहरीको गोलीबाट तीनको मृत्यु


पर्वत पोर्तेल, सिलिगुडी, माघ २५ -गोर्खा जनमुक्ति मोर्चाको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलीबाट तीन मोर्चा समर्थकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा महिला नारी मोर्चाका दुई कार्यकर्ता र युवा मोर्चाका कार्यकर्ता रहेको मोर्चाले जनाएको छ । मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले घटनामा दर्जनौंलाई गोली लागेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्

करिश्माको नयाँ करिश्मा (फोटो फिचर)


छोरीलाई समेत फिल्म खेल्न अफर आइसक्यो, तर आमा करिश्मा मानन्धर भने अझै जोडतोडकासाथ फिल्म खेलिरहेकी छिन् । लामो समयको अमेरिका बसाइपछि नेपाल फर्कीएकी करिश्माले खासै मुख्य रोल नपाए पनि फुर्सदमा भने छैनन् । करिश्माको जवानी घट्दै गए पनि ब्यस्तता झनै बढेको छ ।

यसपटक हामीले तपाईहरुलाई करिश्माको अलिक नयाँ गेटअप पस्केका छौं, पूर्णतया गाउँले पोजमा । यसमा करिश्मा औपचारिक कार्यक्रममा सहभागी हुँदाजस्तो बक्षस्थलमा खोपिएको ट्याटु देखिनेगरी हैन, मखमली चोली, बुलाकी र गुन्युमा छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

३४ जना नेपाली इराकमा अलपत्र


२५ माघ, काठमाडौं । काम लगाइदिने भनी नेपालबाट इराक लगिएका ३४ जना नेपाली इराकमा अलपत्र परेका छन् । नेपाल र इराकका दुवै दलाल सम्पर्कविहीन रहेको पीडितका आफन्तले बताएका छन् । उनीहरूको पासपोर्टसमेत लिएर दलालहरू गायब भएको सम्पर्कबाट जानकारी पाएको पीडितका आफन्त डीपी पोखरेलले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारलाई पराजित गर्दै नेपाल फाइनलमा


२५ माघ, काठमाडौं । थाइल्याडमा जारी एसीसी यु १९ क्रिकेटमा कतारालई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । कतारलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशसँगै नेपाल यु १९ विश्वकपको छनौट खेलका लागि छानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्