Daily Archives: 07/02/2011

श्रीलंकामा आएको बाढीले ७ जनाको मृत्यु, १० लाख विस्थापित


माघ २४ । श्रीलंकामा आएको बाढीका कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ भने करिव १० लाख मानिस विस्थापित बनेका छन् । बाढीका कारण श्रीलंकाको उत्तरी, मध्य र पूर्वि क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ । बाढीका कारण सडक र रेल यातायात अवरुद्ध बनेको छ ।

राजधानी कोलोम्बोमा मुख्य कार्यालय रहेको प्राकृतिक विपत्ति प्रबन्ध केन्द्रका सहायक निर्देशक प्रदिन कोडिप्पीलीले बाढीका कारण विस्थापित बनेकाहरुलाई ५ सय ५ वटा अस्थायी आश्रयस्थलहरुमा राखिएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

परीक्षा नै नदिई उत्तीर्ण


जिल्लाका अधिकांश माविका विद्यार्थी परीक्षा नै नदिएर उत्तीर्ण हुने गरेका छन् । यो वर्षको एसएलसी योग्यता परीक्षामा पनि जिल्लाका २५ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी नै नभएर उत्तीर्ण भए । माघ १० देखि सञ्चालित परीक्षामा परीक्षार्थी उपस्थित नभएरै उत्तीर्ण भएका छन् । फितलो परीक्षा प्रणालीका कारण यस्तो विकृति बढेको शिक्षाप्रेमी केशवजंग शाहले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

थाइ र कम्बोडियाली सेनाबीच सशस्त्र भिडन्त


माघ २४ । कम्बोडिया र थाइल्याण्ड दुवै मुलुकका सेनाबीच पाँच तारिख बिहान सीमामा पर्ने प्रिह भिहेर क्षेत्रमा फेरि सशस्त्र भिडन्त उत्पन्न भएको छ । थाइ स्थल सेनाका प्रवक्ता सानसर्न काएउ कान्मर्डले उक्त भिडन्तबाट एकजना थाइ जवानको मृत्यु हुनुका साथै चारजना घाइते भएका कुरालाई साबित गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अधिकारकर्मी थपलियाको निधन


महिला अधिकारकर्मी शान्ता थपलियाको सोमबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित थपलियाको ७० वर्षको उमेरमा निधन भएको हो । कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) नेपालकी अध्यक्ष थपलियाको पुल्चोकस्थित निवासमा बिहान ३ बजे निधन भएको हो । उनी पारिवारिक कानुनमा विद्यावारिधी गर्ने पहिलो नेपाली महिला हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रिपरिषद् गठनमै विवाद/गृहमा दुवै पार्टीको दाबी


गंगा बीसी/दुर्गा खनाल

काठमाडौं, माघ २४ । गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र माओवादीबीच विवाद भएपछि प्रधानमन्त्री झलनाथ खनालले आइतबार एक्लै शपथ लिएका छन् । दुवै दलले गृह मन्त्रालय दाबी नछाडेपछि मन्त्रिपरिषद् गठन हुन नसकेको हो । माओवादीसँग सहमति नजुटेपछि पार्टीले निर्णय गरेका तीन मन्त्रीलाई समेत उनले मन्त्रिपरिषद्मा सहभागी गराउन सकेनन् । पढ्नेक्रम जारी राख्नुहोस्

खनालको खादा ओलीको कोटमा अल्झेपछि…


राजेन्द्र फुयाल, काठमाडौं, माघ २४ । राष्ट्रपति रामबरण यादवसंग प्रधानमन्त्री पदको सपथ ग्रहण गरेलगत्तै एमाले अध्यक्ष झलनाथ खनाललाई निवर्तमानको हैसियतमा पुगेका माधवकुमार नेपालले कुर्सी हस्तान्तरण गरे । सपथ सकेर आपसमा बधाई साटासाट गर्नासाथ नेपालले आफ्नो कुर्सीमा खनाललाई राखे, आफु पल्लोमा सरे । पढ्नेक्रम जारी राख्नुहोस्