Daily Archives: 07/02/2011

नेपालकुवेत मेनपावर एशोसियसनद्वारा धन्यवाद ज्ञापन !!


आज मिति २०११/०२/०७ तारिकका दिन नेपाली दुतावास कुवेतमा नेपालकुवेत म्यानपावर एसोसियसनका सम्पूर्ण सदस्यले भेटि वर्तमान समस्या प्रति ध्यानाकर्षक गरायो । नेपालमा श्रम स्विकृतीमा भएको अवरोध र नेपाली दुतावासका कमी कमजोरिलाई औल्याउँदै नेपालकुवेत म्यानपावर एशोसियसनका प्रतिनिधिको सुझावलाई महामहिम राजदुत मधुवन पौडेलले सकारात्मक रुपमा लिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आदिवासी भिलेज निर्माण हुँदै ।


                 अहिले मेला महोत्सवमा जनजातिको संस्कृति झल्कने घरहरु निमार्ण गर्ने लहड नै चलेको छ । तर यहाँ एक/दुई वटा घर मात्र हैन सिङ्गै जनजातिहरुको गाउँ नै निर्माण हुन लागेको छ ।  जिल्लामा पहिलो पटक यही बुधबारदेखि शुरु हुने आदिबासी जनजाति सांस्कृतिक महोत्सवका लागि ‘आदिवासी भिलेज’ निर्माण गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

‘मै हूँ हजुर तिम्री तरुनी’


लोकगायिका कोमल वलीलाई सबैभन्दा बढि पछ्याउने प्रश्न हो, कहिले हुन्छ विहे ? हामीले यही प्रश्नलाई फरक ढंगले सोध्यौं, बिहे त नगर्ने नै हुनु भो क्यारे ? प्रश्न सुन्नासाथ कोमल वलीले कोमल मन देखाइनन्, कडा बनिन र भनिन्, दश थरीको हुन्छ बिबाह, हामीले बुझेको विवाह त एउटै हो, कोमलले बुझेको विवाह दश थरीको हुन्छ, हामीले हँमा हँ मिलायौं, उनले थप जवाफ फर्काइन, संयोग मिलेको दिन हुन्छ विहे । त्यसो त कोमलले फोटोशेसन गरेर दुलही बन्ने प्रयास गरिन, लोकगीतबाट झ्वाँक तन्नेरी खोजिन, लाखौं युवाले आफू झँवाक तन्नेरी बनेको सन्देश कोमलको गीत सुनेर दिए, एक जनाले गीतबाटै जवाफ फर्काए ‘म छु नी झ्ँवाक तन्नेरी’ भनेर । पढ्नेक्रम जारी राख्नुहोस्

जुत्ता सिलाएर मासिक ५० हजार आम्दानी


धेरैले भन्छन्– हातमा सीप भएर मात्र हुँदैन, काम थाल्न लगानी चाहिन्छ । पुँजी नै नभएपछि आँट नआउनु स्वाभाविक पनि हो तर, गोरखा नगरपालिका पोखरीथोकका २३ वर्षीय रोहित सिर्मल यसको ठीक विपरीत उदाहरण बनेका छन् । गोजीमा एक रुपैयाँ नभए पनि साथीभाइको सहयोगमा उनले जुत्ता बनाउने पसल सञ्चालन गरिरहेका छन्, जसबाट उनले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Holidays from ‘Feb 25 to 28’ in Kuwait


Buildings decorated with lights as part of preparations towards celebrating the up-coming Kuwait National Days.

KUWAIT CITY, Feb 4: The Civil Service Commission (CSC) announced that all government authorities will have a four-day holiday starting from Friday, Feb 25 until Monday, Feb 28 on occasion of the country’s National and Liberation days, reports Al-Anba daily. पढ्नेक्रम जारी राख्नुहोस्

‘Interior’ may waive fines on residence violators Grace period ‘longer’


KUWAIT CITY, Feb 5: Minister of Interior Sheikh Jaber Al-Khalid Al-Sabah is expected to issue a decision soon on waiving the payment of fines for those who are violating the Residence Law and allow them to enter the country again, reports Al-Anba daily quoting sources. पढ्नेक्रम जारी राख्नुहोस्

श्रीलंकामा आएको बाढीले ७ जनाको मृत्यु, १० लाख विस्थापित


माघ २४ । श्रीलंकामा आएको बाढीका कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ भने करिव १० लाख मानिस विस्थापित बनेका छन् । बाढीका कारण श्रीलंकाको उत्तरी, मध्य र पूर्वि क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ । बाढीका कारण सडक र रेल यातायात अवरुद्ध बनेको छ ।

राजधानी कोलोम्बोमा मुख्य कार्यालय रहेको प्राकृतिक विपत्ति प्रबन्ध केन्द्रका सहायक निर्देशक प्रदिन कोडिप्पीलीले बाढीका कारण विस्थापित बनेकाहरुलाई ५ सय ५ वटा अस्थायी आश्रयस्थलहरुमा राखिएको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

परीक्षा नै नदिई उत्तीर्ण


जिल्लाका अधिकांश माविका विद्यार्थी परीक्षा नै नदिएर उत्तीर्ण हुने गरेका छन् । यो वर्षको एसएलसी योग्यता परीक्षामा पनि जिल्लाका २५ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी नै नभएर उत्तीर्ण भए । माघ १० देखि सञ्चालित परीक्षामा परीक्षार्थी उपस्थित नभएरै उत्तीर्ण भएका छन् । फितलो परीक्षा प्रणालीका कारण यस्तो विकृति बढेको शिक्षाप्रेमी केशवजंग शाहले बताए । पढ्नेक्रम जारी राख्नुहोस्