Daily Archives: 06/02/2011

धामी-झाँक्री विद्या सिक्दै किशोरीहरु


महेश्वर चामलिङ राई, उदयपुर, माघ २२- ओखलढुङ्गाको विलन्दु गाउँ विकास समितिका सात छात्रा धामी झाँक्री विद्या सिकिरहेका छन् । स्थानीय कल्पेश्वर माध्यामिक विद्यालयका किशोरीहरु दिनभर विद्यालय जान्छन् भने साँझ धामी झाँक्री विद्या सिक्न उनीहरुकहाँ जाने गरेका छन् । विगुटार–१ र २ नं. वडाका १२ देखि १६ वर्ष उमेरका किशोरीहरु यो विद्या सिक्दै गरेको शिक्षिका ताराकुमारी खतिवडाले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

फिर्ता बोलाइएका राजदूत अन्सारी भारत हुँदै साउदी पुगे


काठमाडौं, माघ २३ (नागरिक)-अख्तियारको विस्तृत अनुसन्धानकै क्रममा रहेका साउदी राजदूत हमिद अन्सारी भारतको लखनउ, दिल्ली हुँदै साउदी अरब पुगेको परराष्ट्र स्रोतले जनाएको छ । अख्तियार र मन्त्रालयलाई समेत जानकारी नै नगराई उनी साउदी पुगेको स्रोतको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीसँग मेरो राम्रो सम्बन्ध छ: जोनी लिवर


बलिउडका चर्चित हास्यकलाकार मध्ये अग्रपंक्तिमा आउने नाम हो जोनी लिवर । बाजीगर, हत्या, हिरो-हिरालाल, मुजरिम, करन-अर्जुन, इश्क, सपुत, तेजाब, आबारा पागल दिवाना आदि गरेर ३ सय ५० भन्दा बढी हिन्दी चलचित्रमा काम गरिसकेका जोनी लिवर जस्तोसुकै भूमिकामा पनि  फिट हुन्छन् । उनी चलचित्रमा खलनायक, पुलिस, नायकको साथी तथा कमेडियन आदि विभिन्न रूपमा देखा पर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गुरुजीको डायरीमा गजल


मनोज मनसुन
रचना ४ फेब्रुवरी २०११, राती १० बजे

वालकमा बितेका अतितहरु लेख्न थालें
गुरुजीको डायरीमा गितहरु लेख्न थालें ।

प्रवाशमा बिताएका चिसाचिसा रातहरु
संझिएर पान्नाभरि प्रितहरु लेख्न थालें । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रायन एडम्ससँग तीन नेपाली ब्यान्डले गाउने


क्यानेडियन गायक ब्रायन एडम्ससँग नेपालका १९७४ एडी, नमस्ते ब्यान्ड र मंगोलियन हर्टले गीत प्रस्तुत गर्ने भएका छन्। आगामी फागुन ७ का दिन दशरथ रंगशालामा हुने ब्रायन एडम्सको कन्सर्टमा तीन वटै ब्यान्डले करिब आधा घन्टाको प्रस्तुति दिनेछन्। १९७४ एडीले ‘यो मन त मेरो नेपाली’, ‘पहिलो जुनी’, ‘पिँजडाको सुगा’ र ‘सम्बोधन’ बोलका गीत प्रस्तुत गर्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्