नेपाल तामाङ्ग घेदुङ्ग कुवेतद्वारा धन्यवाद ज्ञापन !!


४ फेब्रुअरी २०११ को दिन, कुवेतको मालियास्थित एसिया-एसिया होटलमा नेपाल तामाङ्ग घेदुङ्ग कुवेतले आफ्नो पहिलो प्रस्तुती स्वरुप कुवेतवासी नेपालीहरुबीच शुभकामना सन्देश आदान प्रदान गर्दै प्रस्तुत गरेको बिभिन्न सांगितिक रमझम सहितको भोज तथा सोनाम ल्होछार-२०११ भव्यताका साथ सम्पन्न भएको छ ।

२८४६ बाघ बर्गको बिदाई र २८४७ बिरालो बर्गको स्वागत गर्दै मनाईएको सोनाम ल्होछार कुवेतवासी तामाङ्ग वर्गहरुको इतिहासमै पहिलो चोटि भएको कार्यक्रम हो । आफ्नै मुलुकमा झैं लामा मन्त्र पढेर बिधिपुर्वक थालनी गरिएको कार्यक्रम मण्डप भित्र प्रवेश गर्दा कसैलाई पनि लाग्थ्यो कि कुनै गुम्बा भित्र पसी रहेका छौं ।

ॐ माने पेमे होमको मुटु छुने धुन बजी रहेको र सुनपत्ती धुपिको मगमग बास्ना अनी बुद्व भगवान तथा मन्जुश्रीको तस्विरले स्टेज सजिएको र दायाँ-बायाँ २ जना लामा गुरुहरु आफ्नो भेष-भुषामा ठाँटिएर टिका र खादा ओढाई पाहुनाहरुलाई स्वागत गरेको र मनै छुने तामाङ्ग सेलोमा आफ्नै भेषमा सजिएर नाचगान प्रस्तुत गरेका तामाङ्ग दिदीबहिनी, दाजुभाई तथा कलाकार मित्रहरुलाई धन्यवाद यस अर्थमा दिनैपर्छ कि, छोटो समयको रिहर्सलमै कुवैतबासी नेपालीहरुको मन जित्न सफल हुनु भएकोमा ।

यसैगरी हामी धन्यवाद दिन चाहन्छौं: नेपाली राजदूतावास कुवेत, NRNA कुवेत, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, मरुभुमिको कोसेली, अन्य पत्रकारहरु, आर्टिश सुशन गौतम, बिभिन्न सँघ-संस्थाका प्रतिनिधित्व गर्दै सहभागीता जनाउनु भएका सम्पूर्ण प्रतिनिधिहरु, साउण्ड सिस्टमका डिजे मित्रहरु, भिडियो क्यामेरा मेनहरु, फोटोग्राफरहरु, कलाकारहरुको लागि यातायातको सुविधामा संलग्न सवारी चालकहरु, रिहर्सल अवधीभर बिना शुल्क घर र खानपिनको व्यवस्था मिलाईदिनु हुने घेदुङ्ग कुवेतका सदस्य अर्जुन तामाङ्गज्यू, साँस्कृतिक फाँट सम्हाल्दै कलाकारहरुलाई परिपक्व बनाउन सफल गायन तथा नृत्य निर्देशकहरु र अन्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रो सोनाम ल्होछारलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई नेपाल तामाङ्ग घेदुङ्ग कुवेतले ह्रदयदेखी नै आभार व्यक्त गर्दै सबैलाई मुरी-मुरी धन्यवाद दिन चाहन्छ, साथै भावी दिनहरुमा पनि यहाँहरुको सल्लाह, सुझाब र अन्य सहयोगको लागि अपेक्षा गर्दछौं ।

लाल बहादुर तामाङ्ग
उपाध्यक्ष – नेपाल तामाङ्ग घेदुङ्ग कुवेत, परिवार ।

Written & Posted by: Jay Ale

Advertisements

4 responses to “नेपाल तामाङ्ग घेदुङ्ग कुवेतद्वारा धन्यवाद ज्ञापन !!

  1. Thank you Jay Sir for Tamang News.

  2. धन्यवाद जय सर निउज साह्रै मिलाएर लेखी दिनु भयेकोमा हजुरलाई धन्यवाद को सीबा अरु के नै दिन सकिन्छ र हजुर लाई एसको को लागि हाम्रो नेपाल तामाङ्ग घेदुंग परिवारको तर्फ बाट हजुरलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु!!!

    सुन बहादुर तामङ अध्यक्ष

  3. Jay jee very nice article please keep it up unremitting.

  4. many thanks to jay ale brother for your support and writing very actractive article about tamang ghedung kuwait. thank you very much from all tamang dajubhai and didibahini kuwait

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.