नेपालीसँग मेरो राम्रो सम्बन्ध छ: जोनी लिवर


बलिउडका चर्चित हास्यकलाकार मध्ये अग्रपंक्तिमा आउने नाम हो जोनी लिवर । बाजीगर, हत्या, हिरो-हिरालाल, मुजरिम, करन-अर्जुन, इश्क, सपुत, तेजाब, आबारा पागल दिवाना आदि गरेर ३ सय ५० भन्दा बढी हिन्दी चलचित्रमा काम गरिसकेका जोनी लिवर जस्तोसुकै भूमिकामा पनि  फिट हुन्छन् । उनी चलचित्रमा खलनायक, पुलिस, नायकको साथी तथा कमेडियन आदि विभिन्न रूपमा देखा पर्छन् ।

पहिलोपटक मुम्बईमा नेपाली श्रमिक मजदुर युनियन, भारतद्वारा यसै साता आयोजित ‘श्रमिकको साथ एकताको हात’ कार्यक्रममा सहभागी हुन आएका जोनी लिवरले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल र नेपालीहरूको खुलेर प्रशंसा गरे । ‘कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ, राम्रो छ’ जस्ता केही वाक्य नेपालीमै बोल्ने जोनीले नेपालीहरूसँग आफू पहिलेदेखि नै जोडिएको बताए ।

प्रत्येक शब्दलाई विशेष फोकस गर्दै एउटा छुट्टै अन्दाजमा कुरा गर्ने जोनी लिवरले छोटो कुराकानीमै आफ्ना ’boutमा धेरै कुरा बताए । उनले भने, ‘मेरो विगत निकै कष्टपूर्ण र संघर्षपूर्ण रह्यो, तर मैले कहिल्यै पछाडि फर्केर हेरिनँ, सधैं आफ्नो कामलाई पूजा सम्झिए ।’ अन्धेरी पश्चिमस्थित यारी रोडमा अवस्थित उनकै निवासमा पुगेर साप्ताहिकका लागि वीरेन्द्र पौडेलद्वारा गरिएको कुराकानी:

तपाई नेपाल जानुभएको छ ?

(नेपाली मै) हजुर.., सुटिङको दौरानमा धेरै वर्षअघि दुई पटक काठमाडौं पुगेको छु ।

नेपाल कस्तो लाग्यो ?

नेपाल अति नै खुबसुरत (सुन्दर) छ । त्यहाँका प्रमुख पर्यटकीय स्थलहरू पोखरा, लुम्बिनी आदि जाने इच्छा छ ।

तपाईंको नेपालीहरूसँग कस्तो सम्बन्ध छ ?

म पहिलेदेखि नै कहीं न कहीं नेपालीहरूसँग जोडिएको छु । उनीहरूसँगको उठबसले मलाई धेरै कुरा सिकाएको पनि छ । विशेष गरी स्वर्गीय के.टी. थापा (शिवसेनाका सक्रिय नेपाली नेता एवं समाजसेवी) सँग मेरो राम्रो सम्बन्ध थियो ।

नेपालीहरूलाई कस्तो रुपमा पाउनुभएको छ ?

नेपालीहरू अति नै इमान्दार हुन्छन् । अझ भनौ भने नेपालीजस्ता इमान्दार मानिस अरू कोही हुँदैनन् । अझ उनीहरूको बहादुरीको चर्चा चारैतिर छ, त्यो मैले भनिरहनु पर्दैन । केही वर्ष पहिले नेपालीहरू सा-साना काममा देखिए पनि अहिले उनिहरू विभिन्न ठाउँमा सफल र राम्रो पोष्टमा छन् ।

नेपाली कार्यक्रममा कसरी सहभागी हुने इच्छा जाग्यो ?

मैले पहिले नै भनिसकें, नेपालीहरूसँग मेरो राम्रो सम्बन्ध छ । मलाई शिवसेना प्रमुख बालासाहेब ठाकरेका सहयोगी चम्पा थापाले आमन्त्रण गर्नुभएको थियो, त्यसैले उक्त कार्यक्रममा सहभागी भएँ ।

नेपालीहरूका बीचमा सहभागी हुँदा कस्तो महसुस भयो ?

मलाई र मेरो कलालाई माया गर्ने हजारौं नेपालीका बीचमा सहभागी हुन पाउँदा अति नै खुसी लाग्यो । अझ कार्यक्रममा नेपाली वेशभूषा र  गीतसंगीत हेर्न पाउँदा झनै आनन्द आयो । सधैंभरि सबैबाट यस्तै माया पाइरहूँ जस्तो लाग्यो ।

Posted by: Jay Ale                   Source: Saptahik

Advertisements

One response to “नेपालीसँग मेरो राम्रो सम्बन्ध छ: जोनी लिवर

  1. je hos nepal ra nepalilai parshansha garne bharatiya kalakar pani rahechhan bhanne thaha pauda khushi lagyo tashartha pani dhanyabad nadikan sukhai paina dhanyabad chha hai johny liver bhaiya.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.